A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गिफ्ट को लोभ देखाएर मोरङमा १३ वर्षीया बालिका बलात्कार

गिफ्ट को लोभ देखाएर मोरङको लेटाङ नगरपालिका घर भएकी १३ वर्षीया बालिकामाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।बलात्कार गर्ने मोरङको उर्लाबारी नगरपालिकाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारपछि भागेर मिक्लाजुङ गाउँपालिकामा पुगेका उर्लाबारी नगरपालिका-३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए। प्रहरीका अुनसार आचार्यलाई जेम्स क्षेत्री, रेगन तथा रेवत पनि भनेर चिन्ने गरिन्छ। प्रहरीका अनुसार उनले लेटाङस्थित घरमै रहेकी बालिकालाई गिफ्ट ल्याइदिएको छु भन्दै फोन गरेर कानेपोखरी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गको कानेपोखरी बजारमा बोलाएका थिए। कानेपोखरी आएपछि आचार्यले आफ्नै घर उर्लाबारी-३ स्थित थापा चोकमा लगेर रातभर बालिकामाथि बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमल्सिनाले जानकारी दिए। प्रहरीका अनुसार रेडियो कार्यक्रममार्फत बालिका र आचार्यबीच चिनजान भएको थियो। त्यही चिनजानका आधारमा आचार्य गत शुक्रबार बालिकालाई भेट्न भन्दै लेटाङमै पुगेको र त्यही क्रममा दुईजनाबीच पहिलो भेटघाट भएको प्रहरीको भनाइ छ । तिमल्सिनाका अनुसार भेटघाट हुनसाथ आचार्यले बालिकालाई विभिन्न ठाउँमा घुमाउन लैजाने लोभ देखाएर आफूसँगै जान ललाई फकाई पनि गरेका थिए। बालिकाले नमानेपछि भोलीपल्ट शनिबार फोन गरेर गिफ्टु ल्याइदिएको छु भन्दै आचार्यले कानेपोखरीमा बोलाएको अनुसन्धानका क्रममा खुलेको छ, तिमल्सिनाले भने, कानेपोखरी बजारमा भेट भएपछि साथमा ुगिफ्टु ल्याउन बिर्सिएको भन्दै आचार्यले आफ्नो मोटरसाइकलको पछाडि बालिकालाई राखेर उर्लाबारीस्थित घरमा ल्याएको खुलेको छ। आफ्ना परिवारका सदस्य कोही पनि नभएको अवस्थामा बालिकालाई रातभर घरमै राखेर आचार्यले बलात्कार गरेको प्रहरीले जनाएको छ। केही खानेकुरा मिसाएर पानीमा खान दिएपछि बालिका बेहोस भएको र त्यसपछि आचार्यले रातभर बलात्कार गरेको तिमल्सिनाले बताए। उनका अनुसार बलात्कारबाट पीडित भएकी बालिका मानसिक रुपमा विक्षिप्त बनेकी छिन्। जतिबेला पनि चिच्याउने, रुने र कराउने मात्रै गर्ने गरेको प्रहरीको भनाइ छ। उनको कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण र उपचार गरिएको प्रहरीले जनाएको छ। मंगलबार पक्राउ परेका आचार्य विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम जवरजस्ती करणीको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

२०७५ फागुन २९ गते २:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: