A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

यस्ता पनि स्वास्थ्यकर्मी : छातीको एक्सरे बहानामा यौन दुर्व्यवहार

यौन दुर्व्यवहार आरोपमा एकजना स्वास्थ्यकर्मीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले पक्राउ गरेको छ । पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीमा एक्सरे-प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादवले १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । दुर्व्यवहार आरोपमा पक्राउ परेका यादव रामग्राम नगरपालिका-९ का हुन् । केही समयदेखि यादवले लोहरौलीमा क्लिनिक सञ्चालन गर्दै आएका छन् । दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् । आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमासमेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । ल्याव असिस्टेण्टसमेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको पीडितपक्ष र प्रहरीको आरोप छ । दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा पुगेकी हुन् । भारतीय सीमा क्षेत्रको बर्गदवामा एक्सरे सेवा उपलव्ध छैन । जसकारण त्यस क्षेत्रका भारतीय बिरामीहरु सीमावर्ती नेपालका स्वास्थ्य संस्था र क्लिनिकहरुमा आउने गरेका छन् । प्रहरीका अनुसार भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए । यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएको उनलाई उद्दृतगर्दै प्रहरीले जनाएको छ । दुर्व्यवहारपछि आरोपितलाई मासो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच भनाभन भएको थियो । त्यस क्रममा स्थानीयले प्रहरी चढेको बा १ झ ६४४५ नम्बरको गाडीसमेत तोडफोड गरी क्षति पुर्‍याएका छन् । पक्राउ परेका यादवमाथि ‘बाल यौन दुरुपयोग’ मा मुद्दा प्रकृया अघि बढाइएको प्रनाउ थापाले जानकारी दिए । गाडी तोडफोड आरोपमा पक्राउ परेका युवाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ फागुन २८ गते ३:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: