A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondjkg87978evi93i3hupcmvdv60lomtkm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दलित बालबालिकाको शैक्षिक अवस्था कमजोर

दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक अवस्था अत्यन्त कमजोर देखिएको छ । ती समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गरी विद्यालय छाड्ने प्रवृत्ति रोक्नुपर्छ ।मधेसी दलित मध्येपनि सीमान्तकृत सिरहाका बाँतर, मुसहर, हलखोर समुदायका बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर छन् । १४ वडामा विभाजित धनगढीमाई नगरपालिकामा ५५ विद्यालय छन् । विद्यालयमा ८ हजार २ सय ८३ बालबालिका अध्ययनरत छन् । ती मध्ये दलित समुदायका २ हजार ६ सय ८ विद्यार्थी अध्ययनरत छन् । तर माथिल्लो कक्षामा पुग्ने विद्यार्थी न्यून छन् । तथ्यांकअनुसार कक्षा १० देखि १२ सम्म अध्ययन गर्ने दलित सीमान्तकृत विद्यार्थीको संख्या १५८ छ । ‘धनगढीमाई नगरपालिकाको तथ्यांकलाई हेर्ने हो भने आधारभूत विद्यालयमा भर्ना भएका दलित विद्यार्थीमध्ये १३ प्रतिशत र अन्य सीमान्तकृत विद्यार्थीहरू ७ प्रतिशत मात्र मावि तहसम्म पुगेको देखिन्छ,’ सलहेश क्याम्पस प्रमुख भैरवप्रसाद गेलालले भने ‘यो अवस्था डरलाग्दो हो, समग्र विकासको मेरुदण्ड शिक्षा भएकाले दलित तथा अन्य सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न जरुरी छ ।’ अध्ययनका अनुसार दलित तथा सीमान्तकृत समुदायका कक्षा ११ र १२ मा १९ जनामात्र विद्यार्थी अध्ययनरत छन् । धनगढीमाई नगरपालिका क्षेत्रमा मात्रै ८३ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेको तथ्यांकले पुष्टि गरेको सरोकारवालाहरूले औंल्याए । धनगढीमाई नगरपालिका मात्र होइन सिरहा जिल्लाभर ४२३ सामुदायिक विद्यालय छन् । जिल्लाभर १ लाख ७९ हजार १ सय २१ बालबालिका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत छन् ।

तीमध्ये ४२ हजार ४ सय ५० बालबालिका दलित समुदायका छन् । तर ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको संख्या ४ सय ५५ छन् । ‘आधारभूत तहमा दलित समुदायका विद्यार्थी भर्ना दर देखिन्छ, तर माथिल्लो कक्षा उक्लिन थालेपछि विद्यालय छाड्ने क्रम बढेको देखिन्छ ’ सलहेस क्याम्पसका प्रमुख गेलालले भने ‘यो दर डरलाग्दो छ, यसबाट दलित सीमान्तकृत समुदायको बालबालिकाको शिक्षाको पहुँचलाई अवगत गराउँछ । गरिब र दलित समुदायका अभिभावकलाई तिनका बालबालिकालाई नियमित रूपमा पठनपाठन गर्न लगाउन राज्यले निःशुल्क अध्ययन, पोसाकको व्यवस्था, पुस्तकको व्यवस्था, छाक्रवृत्ति तथा खाजा कार्यत्रमजस्ता विभिन्न कार्यक्रम लागू गरे पनि जीविकोपार्जनको समस्याका कारण विपन्न अभिभावकले अझ पनि आफ्ना बालबालिकालाई नियमित अध्ययन गराउन विद्यालय नपठाउने गरेको पाइएको छ । विशेषगरी दलित अभिभावकहरूले आफ्ना बालबालिकालाई धान रोपाइँ, धान कटनी, गहुँ रोपाइँ, गहुँ कटनी तथा अन्य यस्तै बनिबुतो र मजदुरीका क्रियाकलापमा आफूहरूसँगै लाने गरेपछि विद्यालयमा उनीहरूको पठनपाठनमा अवरोध आउने गरेको हो । उनीहरूले दलित तथा सीमान्तकृत समुदायलाई शिक्षासम्बन्धी जनचेतना जगाउनुपर्ने, विद्यार्थीहरूलाई विद्यालयमा नपठाउने परिवारलाई सरकारद्वारा उपलब्ध गराउने सेवा सुविधामा कडाइ गर्नुपर्ने, विद्यालय पठाउने अभिभावकहरूलाई थप उत्प्रेरित गर्नुपर्ने लगायत व्यवस्था गर्न सुझाव दिए । ‘सीमान्तकृत बालबालिका लागि शिक्षामा फहुँच’ विषयक अन्तरक्रिया कार्यत्रममा धनगढीमाई नगरपालिकाका प्रमुख हरि नारायण चौधरीले शिक्षाको अवस्था खस्कदो रहेकाले सामुदायिक विद्यालयका पठनपाठन र सुधार गर्न नगरपालिकाले कडाइ गरेको जानकारी दिए । शिक्षाको तथ्यांकअनुसार जिल्लाको साक्षरता ४६ प्रतिशत मात्र छ । सिरहाका लहान नगरपालिका, धनगढीमाई, मिचैया, गोलबजार नगरपालिका र नरहा गाउँपालिकाले विद्यालय भर्नाको पूर्ण घोषणा गरे पनि साक्षरता दर नबढ्नुमा दलित समुदायमा यो समस्याले जरो गाडेको हुनाले यसलाई समाधान गर्न विद्यालयका शिक्षक, स्थानीय अभिभावक तथा समाजसेवीको पनि ठूलो भूमिका जरुरी भएको सरोकारवालाको भनाइ छ ।

२०७५ फागुन २२ गते १०:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: