A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0rp9qurejd2g51530pjfv6bn3ul5umdb): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहविरुद्ध घोषणापत्र

बालविवाह विरुद्ध १२ बुँदे घोषणापत्र जारी गरिएको छ । आइतबार टीकापुरमा आयोजना भएको बाल विवाह तथा दाइजो प्रथा विरुद्धको सामुदायिक संवाद कार्यक्रममा घोषणापत्र जारी गरिएको हो । टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुख लगायतका जनप्रतिनिधि र स्थानीयको सहभागितामा भएको संवाद कार्यक्रममार्फत जारी घोषणापत्रमा बालविवाहका बारेमा रहेका कानुनी प्रावधानहरूलाई कडाइका साथ लागू गरी २० वर्षभन्दा मुनि हुने विवाहलाई पूर्णरूपमा निरुत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बालविवाह र दाइजो प्रथाका कारणले परिवार र समुदायमा परेका आर्थिक, सामाजिक तथा सांस्कृतिक असरहरूका बारेमा समुदायमा रहेका आम नागरिकहरूलाई व्यापक रूपमा जनचेतना फैलाउनका लागि नियमित रूपमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने उल्लेख छ । बालविवाह र दाइजोका कारण उत्पन्न भएका घरेलु हिंसाका घटनाहरूका कारण पीडित सदस्यहरूलाई कानुनी, आर्थिक तथा मनोसामाजिक सहयोगका कार्यक्रमहरू स्थानीय तहमार्फत सञ्चालन गर्ने र सरकारले सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्न लिएको रणनीतिलाई साकार पार्नका लागि योगदान पुर्या३उने पनि घोषणापत्रमा उल्लेख गरिएको छ। घोषणापक्रमा हस्ताक्षर गर्ने व्यत्तिहरूले बालविवाह तथा दाइजो प्रथालाई पूर्णरूपमा अस्वीकार गर्ने र अन्य व्यक्तिहरूलाई पनि यस अभियानमा लाग्नका लागि उत्प्रेरकको भूमिकामा जुट्ने प्रतिबद्धता जनाए । कैलालीको टीकापुरमा बालविवाहका घटना नभए पनि पछिल्लो समय दाइजो दिनेरलिने चलन भने बढ्दै गएको कार्यक्रमका सहभागीले बताए।

२०७५ फागुन २८ गते १०:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: