A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको अभियोग लागेका शिक्षक विद्यालयबाट बर्खास्त

बलात्कारको अभियोग लागेका शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ। सानीभेरी गाउँपालिका–९ स्थित राप्ती ज्ञानोदय माध्यामिक विद्यालयले आफ्नै छात्रामाथि बलात्कारको आरोप लागेका शिक्षक प्रकाश खड्कालाई बर्खास्त गरेको हो। विद्यालयका अनुसार खड्कालाई फागुन २४ गतेदेखि लागु हुनेगरी बर्खास्त गरेको छ। शिक्षकले निभाउनुपर्ने कर्तव्यलाई ख्याल नगरी छात्रामाथि बलात्कारको प्रयास गरेकाले खड्कालाई बर्खास्त गरिएको विद्यालयले जनाएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयलाल भण्डारी र प्रध्यानाध्यापक शशिराम विश्वकर्माले एक विज्ञप्ती जारी गरी प्रशिक्षक खड्कालाई बर्खास्त गरेको जानकारी दिएका छन्। शिक्षक खड्कालाई पशु प्राविधिक विषय अध्ययन गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका खड्काले एकान्त जंगलमा लगेर जबरजस्ती गरेको पीडितलाई उद्धृत गर्दै प्रहरी जनाएको छ। पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिएका छन्।

२०७५ फागुन २५ गते ६:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: