समाचारमा बालबालिका

खुकुरीले रेटेर तीन वर्षीय छोराको हत्या

भोजपुरमा आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । भोजपुरको रामप्रसाद राई गाउँपालकिाको बासीखोरा घर भई भोजपुर नगरपालिका –९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले छोरालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन्।

२०७६ जेठ १४ गते १०:२६ मा प्रकाशित