A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiona7oqi50j8qcfjufnetfnr2h7quagvn21): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्। यस्तै कुसे गाउँपालिका ९ का नवराज खड्का पनि अहिले  डोल्पामा यार्सा गुम्बा खोज्दै छन्। घरको काम छोडेर पैसा कमाउने लक्ष्य राखेर उनी डोल्पा पुगेका हुन्। गाउँका  साथीहरुको साथमा डोल्पा पुगेका खड्कालाई आधा महिना मात्र दुःख गरेर धेरै कमाउने ठूलो धोको छ। ‘एक महिना पढाइ छोडेर जाँदा कमाई धेरै हुन्छ’, खड्काले भने। खड्काले गाउँमा रोजगारी र उत्पादनको  गतिलो सम्भावना नहुँदा डोल्पातिर यार्सा खोज्न हिडेको बताए। ‘केही नभए पनि  आधा महिनाको दुःखले ५० हजार बढी पैसा कमाइ हुन्छ’, उनले भने। वारेकोटकी शारदा र कुसेका नवराज मात्र होइन यति बेला जाजरकोटको उत्तरी तथा पूर्वी क्षेत्रका अधिकांश गाउँका स्थानीयहरु डोल्पातिर लागेपछि बस्तीहरु युवा तथा प्रौढविहीन भएका छन्। बालबालिकाहरु, तन्नेरीहरु र महिला तथा प्रौढहरु सबै डोल्पातिर लागेपछि  गाउँहरु रित्तिएको  वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका शिक्षक कालीप्रसाद थापाले बताए। उनले  यार्सा संकलनमा  स्थानीय स्कुले  बालबालिकाहरु र सर्वसाधारणहरु डोल्पातिर लागेपछि  गाउँ रित्तिएको बताए। स्कुले बालबालिकाहरु डोल्पातिर लागेपछि वारेकोट र कुसे गाउँपालिकाका विद्यालयमा पनि  विद्यार्थीहरुको उपस्थिति निकै घटेको उनले बताए। गरिबी, बेरोजगारी र विपन्नताका कारण रोजगारी र आयआर्जनको  खोजीमा रहेका स्थानीय सर्वसाधारणहरु छोटो समयमा धेरै कमाउने लोभले घरको काम पढाइ छोडेर डोल्पातिर जाने गरेको थापाले बताए। घरबारीमा मेहनत नगर्ने, सबैको चाहना जागिर र सजिलो उपाय प्रयोग गरेर पैसा कमाउने चलन बढ्दै गएका कारण गाउँमा युवाहरुको  कमी हुँदै गएको स्थानीय बताउँछन्। गाउँको कृषि उत्पादन घट्दै गएको, सबैले आयातित खाद्य वस्तुमा निर्भर रहने चलन बढ्दै गएको कुसे गाउँपालिका   ९ पैंकका स्थानीय मानबहादुर रोकायले बताए। उनले  गरिबी, बेरोजगारी र विपन्नता घट्दै गएको भए पनि  स्थानीय उत्पादनमा वृद्धि हुन नसकेको र सजिलो उपायको खोजीमा नयाँ पुस्ता लागेको उनले बताए। संघीयता लागु भएपछि सुरु भएका स्थानीय तहले पनि गाउँमा  पर्याप्त रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेको उनको  भनाई छ। जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले  गाउँ नै रित्तो पारेर डोल्पातिर यार्साका लागि सर्वसाधारण जानु बाध्यात्मक अवस्था भएको बताए। उनले गाउँमा  उत्पादन र रोजगारीका लागि गतिलो सम्भावना नभएपछि उनीहरु यार्सा संकलनतिर लागेको बताए। प्रत्येक वर्ष धेरै धन कमाउने आशाले जाजरकोट लगायत रुकुम सल्यान लगायतका  जिल्लाका २० हजार बढी सर्वसाधारण गाउँ नै रित्तो पारेर डोल्पातिर जाने गरेका छन्। पैसा कमाउन गएका  केही सर्वसाधारण दुर्घटनामा मृत्युवरण समेत गर्छन्। ग्रामीण भेगमा खेतबारी बाझो बन्दै गएको तर यसतर्फ कसैले चासो नदिनु दुःखद भएको अध्यक्ष खत्रीले बताए।

२०७६ जेठ १५ गते ३:५४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: