A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डोटीमा ४ बालश्रमिकको उद्धार

बालश्रम मुक्त नगर’ बनाउने अभियानमा लागेको दिपायल सिलगढी नगरपालिकाले वडानम्बर ६ बाट ४ जना बालश्रमिकको उद्धार गरेको छ । नगर क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुका घरमा काम गरिरहेका उनीहरुलाई उद्धार गरी वडानम्बर ४ राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । क्याम्पसका प्राध्यापकहरु, राजनीतिक नेताहरु, सामाजिक कार्यकर्ताहरु, प्रतिष्ठित व्यापारीहरुले घरेलु बालश्रमिक राखेका छन,’ जोशीले भने, ‘त्यस्ता व्यक्तिहरुलाई बालश्रमिक नराख्नुहोस् भन्दा उल्टो धम्की दिन्छन् ।’आइतवार जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले बालश्रमिक राख्ने मालिक र बालबालिकाहरुसँग लामो छलफल गरेपछि बालकहरुलाई श्रममुक्त गराउन सफल भएको जोशीले बताए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले अव कसैले पनि बालश्रमिक राखेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनी दिएका थिए । सायल गाउँपालिका-५ का १६ वर्षीय धनबहादुर थापा, दिपायल सिलगढी नगरपालिका(९ मछन्तोलाका १२ वर्षीय सर्जन साउँद, १२ वर्षीय सिर्जन साउँद र १४ वर्षीय लहरी साउँदको उद्धार गरिएको हो । धनबहादुरलाई कक्षा ९ मा, लहरीलाई कक्षा ७ मा, सर्जनलाई कक्षा ५ र सिर्जनलाई कक्षा ३ मा भर्ना गरिएको वडानम्बर ९ का वडाध्यक्ष धर्मसिंह साउँदले जानकारी दिए।

२०७६ जेठ १३ गते ४:४८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: