A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionpl784tvi19rbqefier7sdaihgk2juhs7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निःशुल्क सेनेटरी प्याडको व्यवस्थापछि विद्यालयमा छात्रा नियमित

प्रमिला राई अमरगढी नगरपालिका–३, नुवाकोटमा रहेको घटाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। उनी महिनावारी भएको बेला विद्यालय प्रायः आउँदैनथिन्। विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थिन्। यसबारे खुलेर कुरा राख्न पनि सक्दिनन् थिए। डराउने, लजाउने गर्थिन्। प्रमिला मात्र होइन, उक्त विद्यालयमा अध्ययनरत प्रायः छात्रा महिनावारी भएको बेला अनुपस्थित हुने गर्थे। तर, विद्यालयले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपछि उनीहरु नियमित विद्यालय आउने गरेका छन्। विद्यालयमा सेनेटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको राईले बताइन्। ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो,’ उनले भनिन्, अहिले धेरै सजिलो भएको छ।’ कक्षा १० कै महेश्वरी जोशी पनि नियमित विद्यालय आउँछिन्। ‘पहिले–पहिले विद्यालयमा प्याडको व्यवस्था थिएन,जोशीले भनिन्, ‘महिनावारी भएको बेला निकै समस्या हुने गरेको थियो। महिनावारी भएपछि विद्यालय नगएर घरमै बस्थें। विद्यालयमा महिनावारी भएपछि कसैलाई नसोधेर घरमा आउने गर्थें। विद्यालयले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षिकासँग सम्पर्क गरेर प्याड लिने गरेका छन्। उनीहरुले लाज नमानी शिक्षकसँग सेनेटरी प्याड माग्ने गरेको शिक्षिका गीता नाथले बताइन्। सुरु–सुरुमा विद्यार्थीहरुले सेनेटरी प्याड माग्न लजाउने गरेका थिए। तर, महिनावारी भनेको सामान्य भएको, अप्ठ्यारो मान्नु पर्देन भनेर सम्झाएपछि छात्राहरुले निर्धक्कका साथ प्याड माग्ने गरेको शिक्षिका नाथले बताइन्। ‘अहिले विद्यालय छात्राहरु महिनावारी भएका बेला निर्धक्क भएर विद्यालय आउँछन्। विगतमा आउँदैन थिए,’ उनले भनिन्, ‘अहिले यहाँका छात्राहरु मलाईं आएर भन्छन्। सेनेटरी प्याड उपलब्ध गराउँछु।’ महिनावारी भएपछि विद्यालयमा नआउने विद्यार्थीको संख्या पूर्ण तया नियन्त्रण भएको विद्यालयले जनाएको छ। सुरुमा विद्यार्थीबाट ५/१० रुपैयाँ लिने गरेको र त्यही रकमबाट सेनेटरी प्याड खरिद गर्ने गरेको भए पनि पछिल्लो समय निःशुल्क प्याड दिने गरेको विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले जानकारी दिए। महिनावारी भएको बेला छात्राहरुलाई असहज हुने गरेकाले विद्यालयको खर्चमा सेनेटरी प्याडको व्यवस्था गरेको उनले बताए। उक्त खर्च जुटाउनुपर्दा निकै समस्या भएको साउदले बताए।

स्थानीय सरकारको चासो

महिनावारी भएको समयमा पनि छात्राहरुलाई नियमित गराउन यहाँका स्थानीय सरकार लागिपरेका छन्। छात्राहरूको शिक्षामा सहज पहुँच पु¥याउन र उनीहरूलाई विद्यालयमा नियमित गराउन स्थानीय सरकारले चासो दिन थालेका हुन्। यसका लागि अधिकांश स्थानीय तहले विद्यालयमै निःशुल्क रूपमा सेनेटरी प्याड वितरणको योजना बनाएका छन्। भागेश्वर गाउँपालिकाले केही साताअघि जिल्लामै पहिलो पटक ‘स्मार्ट कार्ड’ प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिकाले पनि छिट्टै नगरभित्रका सामुदायिक विद्यालयमा ‘स्मार्ट कार्ड’ प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा रहेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

२०७६ जेठ १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: