A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionfmd7uaic83v1cvbobo9vosru16rg9ugv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अझै सुरु भएनन् दिवा खाजा

धनुषाको सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम अझै सुरु भएको छैन्। प्राथमिक तहको बालबालिकालाई विद्यालयमा आकषर्ण गर्न सरकारले लागु गरेको दिवा खाजा कार्यक्रम कतिपय सामुदायिक विद्यालयमा अझै लागु हुन सकेको छैन्। जिल्ला शिक्षा समनव्य ईकाई समिति धनुषाले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लागु गरेको दिवा खाजा कार्यक्रम आर्थिक वर्ष बित्न लाग्दा पनि लागु हुन नसकेको हो। चालु आर्थिक वर्ष सकिनन् डेढ महिना समयमात्रै बाँकी रहे पनि विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरू हुन नसक्दा बजेट नै फ्रिज हुने सम्भावना देखिएको छ। सरकारी नीति अनुसार इसिडीदेखि कक्षा ५ सम्मका बालबालिकाले दैनिक १५ रुपैयाँको दरले १ सय ८० दिनको खाजा पाउने व्यवस्था भएको छ। दिवा खाजा कार्यक्रमका लागि धनुषामा २७ करोड रुपैयाँ पठाइएको छ। लक्ष्मीनियाँ गाउँपालिका–६ स्थित रहेको लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र झाले गाउँपालिकाको कमजोरीले खाजा कार्यक्र सुचारु गर्न ढिलाई भएको बताए। ‘अहिलेसम्म पैसा नै आएको छैन,’ उनले भने, ‘तर, चालु महिनादेखि नै सुरु हुन्छ। प्रकृयामा छ, अब छिट्टै लागु हुन्छ।’ लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित रहेको वि।पी। कोइराला माध्यमिक विद्यालयमा पनि दिवा दाजा कार्यक्रम सुरु भएको छैन्। विललयका प्रधानध्यापक शिव कुमार यादवले जनप्रतिनिधिकै कारण विद्यालमा खाजा कार्यक्रम सुचारु हुन नसकेको बताए। उनले गाउँपालिका अध्यक्ष बिन्देश्वर यादवलाई इङगित दर्गै शिक्षा, सामाजिक क्षेत्रको काम नगरी रोडमा नै सबै पैसा खर्च गरेको आरोप लगाए। यता लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष बिन्देश्वर यादवले शिक्षकहरुले राजनीति गर्न खोज्दा खाजा कार्यक्रम सुचारु गर्न ढिलो भएको बताए। ‘अधारभुत तहको विद्यालयहरुमा सुरु भइसकेको छ,’उनले भने, ‘माविको शिक्षकहरुले राजनीति गर्न खोज्दा ढिलो भएको छ।’ शिक्षा विकासले स्थानीय तहमा बालकिास देखि कक्षा ५ सम्मको विद्यार्थीका लागि मात्र पैसा पठाएको छ। तर, माविका शिक्षकहरुले कक्षा १० सम्मको विद्यार्थीका लागि दिनु पर्ने अडान कसेको उनले बताए। चालु हप्तामा सरोकारबला निकायलाई राखि बैठक बसेर छिट्टै निर्णय गरी कार्यक्रम सुचारु गर्ने उनले जनाए। कर्मचारीको अभाव र बजेट व्यवस्थासम्बन्धी सहजीकरण हुन नसक्दा समयमै कार्यक्रम लागू गराउन नसकिएको स्वीकार गरे। कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई विद्यालयमा टिकाइ राख्नका लागि नेपाल सरकारले दिवा खाजा कार्यक्रम सुरू गरे पनि यसको कार्यान्वयन पक्ष भने एकदमै फितलो देखिएकाले धनुषामा बजेट फ्रिज हुने सम्भावना देखिएको हो। धनुषा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बरखुप्रसाद रजक कार्यक्रम सुचारु गर्न ढिला हुनुको कारण स्थानीय तहहरूमा शिक्षा हेर्ने कर्मचारी अभाव रहेको बताए। ‘पहिला स्रोत व्यक्ति ९आरपी० हुँदा सुचना लिँन सजिलो हुन्थ्यो,’उनले भने, ‘अव त्यो जिम्मेवारी जनप्रतिनिधिको मातहत गएको छ र जनप्रतिनिधिहरु चासो नलिँदा कतिपय ठाउँमा अझै सुर भएको छैन्।’ यस वर्ष बढी बजेट फ्रिज नै हुनै भन्दै जनप्रतिनिधि र शिक्षकको लापरवाहीले फ्रिज हुने अवस्था आएको उनले बताए। धनुषाको सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालनका लागि अनुमानित ५० करोड विनियोजन गरिएको भन्दै उनले उचित समयमा बजेट निकासा हुन नसक्दा फ्रिज हुने सम्भावना बढी देखिएको बताए।

२०७६ जेठ १५ गते २:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: