A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जनप्रतिनिधिका सन्तानकै बालविवाह

बुढीनन्दा नगरपालिका ३ सिराडीकी रिउली ल्वार वडा सदस्य हुन् । उनकी छोरी रुपसरा ल्वार १७ वर्षकी भइन् । ९ मा अध्ययनरत रूपसराले हालै वडाकै ८ कक्षा पढ्दै गरेका १८ वर्षीय पूर्ण कामीसँग विवाह गरिन् । पूर्ण पनि स्थानीय निर्वाचनमा पराजित दलित महिला वडा सदस्य हिरू कामीका छोरा हुन् । सामाजिक परम्पराअनुसार नै उनीहरूको विवाह भएको हो । विवाह गरेपछि नवदम्पतीको पढाइ छुटेको छ । घरायसी काममा खटिनु परेपछि रूपसरालाई विद्यालय जाने फुर्सद छैन । उनका श्रीमान पूर्ण पनि घरपरिवारलाई काम सघाउँदै आफ्नो पढाइलाई ओझेलमा पारिरहेका छन् । आफ्नाछोराछोरीले बालविवाह गरेकोमा अभिभावक मौन छन् । सिराडीका धनबहादुर बोहराले भने, ‘गाउँकै अगुवा भएर आफ्नै छोराछोरीलाई बालविवाह गराउने भएपछि समाजमा बालविवाह अन्त्यको कुरा भाषण मात्रै हुने भयो ।’ आफूले बालविवाह गराउनु हुन्नभन्दा पनि दुबैका अभिभावकले खासै चासो नदिएको अर्का स्थानिय वीरे ल्वारले बताए । दलित महिला वडा सदस्य बालिका हिरू ल्वारकी आमा रिउली ल्वार भन्छिन्, ‘हामीले विवाह नगर भन्दा मानेनन्, भागेर विवाह गरिहाले । अर्काको घरमा गएकी छोरी फर्काएर ल्याउन नसक्ने अवस्था आएको हो ।’ वडा प्रतिनिधि हुनुका साथै महिलाको क्षेत्रमा काम गर्ने भए पनि उनकै अभिव्यक्ति बालविवाहलाई प्रश्रय दिने खालेको रहेको रिउलीले बताइन् । सिराडीमा हिरू र पूर्ण त उदाहरण मात्रै हुन् । बाजुराका अधिकांश गाउँमा बालबिवाह गर्नेक्रम घट्नुको साटो बढ्दै गएको देखिएको छ । कानुनले २० वर्ष उमेर नपुगी विवाह गरेमा स्वतः विवाह बदर गरिने व्यवस्था गरेको छ । साथै बालविवाह गर्ने केटा वा केटी दुबैलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था समेत पछिल्लो कानुनमा छ । केही गाउँपालिकाका जनप्रतिनिधिहरू भने भएका बालविवाह पनि रोक्न सफल भएको दाबी गर्छन् । गौमुल गाउँपालिका जनप्रतिनिधि गाँउघरमा पुगेर बाललविवाह रोक्ने गरेको बताउँछन् । वालविवाह हुन लागेको जानकारी पाउनेबित्तिकै गाँउपालिकाका प्रतिनिधि र प्रहरी टोली गएर रोक्ने गरेको गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । हालै गौमुल ६ का १५ वर्षीया ललिता रोकाया र सोही गाँउपालिका ५ का १७ वर्षीय कृष्ण रोकायाले यही महिना भागी विवाह गर्न खोजे । तर गाउँपालिका र प्रहरीले थाहा पाउने बित्तिकै दुबैलाई प्रक्राउ गरेर वालबिवाह रोकेको अध्यक्ष रोकायाले बताएका छन् । गौमुलमा ६ महिनायता ४ वटा बालविवाह रोएिका छन् । दुर्गाली र दहकोटमा पनि गत वैशाखमा एउटा बालविवाह रोकेको उनले बताए । बालविवाह न्यूनीकरणका लागि ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले बताएको छ।

२०७६ जेठ १४ गते ९:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: