समाचारमा बालबालिका

भलिबलको पोलले लागेर ७ वर्षीय बालकको मृत्यु

जिल्लाको वडिगाड गाउँपालिका- १ दगामा भलिबलको पोलले च्यापिएर एक बालकको ज्यान गएको छ। स्थानीय जंगबहादुर पुनका ७ वर्षीय छोरा निर्मल पुनको सोमबार साँझ स्थानीय युवाले बलको नेट तानिरहेको समयमा पोल ढल्दा टाउकोमा गम्भीर चोट लागेको थियो। उनको उपचारको क्रममा ज्यान गएको स्थानीयले बताएका छन्। पुन दगातुन्डाँडा प्राविको कक्षा २ का छात्र हुन्। घटनाबारे भलिबल खेलिरहेका युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी चौकी खर्बाङले जनाएको छ।

२०७६ जेठ १५ गते ११:४५ मा प्रकाशित