A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गर्ने ६५ वर्षे बृद्धलाई जेल सजाय

सुस्त मनस्थिति भएकी १८ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एकजनालाई ३ वर्ष ४ महिना कैद सजाय सुनाइएको छ । मंगलबार जिल्ला अदालतमा न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले कटारी नगरपालिका–२ गरासका ६७ वर्षीय रामबहादुर विष्टलाई कैद सजाय फैसला गरेको हो । विष्टलाई अभियोग अनुसार ३ वर्ष ४ महिना १५ कैद तथा पीडितलाई ५० हजार क्षतिपुर्ति र ३५ हजार जरिवानाको फैसला सुनाइएको थियो । तर पीडित सुस्त मनस्थितिको भएकाले थप एक वर्ष थप्दै ४ वर्ष ६ महिना कैद तोकिएको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । तर सजाय निर्धारणसँगै कसुरदार जेष्ठ नागरिक भएको प्रमाणित हुन गएकाले पूर्ण कैदको २५ प्रतिशत छुट गरिएको पनि बताइएको छ । जसअनुसार कसुरदारले अब ३ वर्ष ४ महिना १५ दिन कैद भुक्तान गर्नु पर्नेछ । क्षतिपुर्ति र जरिवानाको हकमा भने छुट नहुने आचार्यले बताए । नयाँ कानुनको जेष्ठ नागरिक महलमा ६५ वर्ष माथिकालाई जेष्ठ नागरिकको परिभाषा गरेको छ । कसुरदारले पुस ३ गते पीडित किशोरीलाई बलात्कार गरेको भन्दै पीडितको परिवारले पुस ४ गते इलाका प्रहरी कार्यालय कटारीमा निवेदन दिएका थिए । निवेदनसँगै गिरफ्तार परेका कसुरदारलाई अदालतले पुस २९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

२०७६ जेठ १४ गते ६:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: