A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session5l6dr28mh6o8oa74c5qbq1bfptoecsls): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपहरित ७ वर्षीय बालकको हत्या

वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार राति २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका भारत बेतिया घर भई छपकैयामा काम गर्दै आएका २० वर्षीय विकास शर्मा र कलैया उपमहानगरपालिका– ११ का सिकेन्द्र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ। दुबैको दाहिने खुट्टामा गोली लागेको छ। प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले करण अपहरणमा तीनजना संलग्न रहेको पाएपछि शर्मा र साहलाई नियन्त्रणमा लिएको थियो। करणको हत्या गरिसकेको खुलेपछि दुबैलाई लिएर प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा अनुसन्धान चलिरहँदा भाग्ने प्रयास गरेका शर्मा र साहमाथि गोली प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। अपहरणमा संलग्न रहेका तेस्रो व्यक्ति बाराको खपरताता बस्ने २१ वर्षीय राम विनेश महतोलाई प्रहरीले सार्वजनिक गरेको छ।

अपहरण भएकै दिनदेखि अपहरणकारीले नेपाली नम्बरबाटै फोन गरेर पटक–पटक फिरैती माग गर्दा पनि प्रहरी अनुसन्धानमा गम्भीर नबनेको परिवारजनको आरोप छ। ‘छोरा अपहरण भएको दिनदेखि नै अपहरणकारीले पैसा माग गरिरहेका थिए,’ मृतक बालकका बुवा शम्भु तुरहाले भने, ‘यो सबै कुरा प्रहरीलाई जानकारी गराएको थिएँ, अपहरणकारी कलैयामा छुँ भन्थ्यो, तर, प्रहरीले ५ दिनसम्म पत्ता लगाउन सकेन।’१० बजे स्कुलबाट घर आइपुग्नुपर्ने छोरा १२ बजेसम्म पनि नआउँदा श्रीमती ललिता देवीले छोरा कहाँ गयो भनि फोन गरेर सोधेको उनले सुनाए। ‘साथीहरुसँग कतै खेलिरहेको होला भनि जवाफ दिए,’ उनले भने, ‘साँझ अबेरसम्म पनि छोरो नआउँदा वरिपरि खोज्न थाल्यौँ। त्यहीबेला मोबाइलमा फोन आयो ‘तेरो छोरा चाहियो भने ३० लाख रुपैयाको व्यवस्था गर’।’ प्रहरी उपरीक्षक रेवती ढकालले बालक अपहरणमा प्रहरीले सक्रिय रुपले अनुसन्धान गरेको दाबी गरे। ‘शुक्रबार राति करिब सवा दश बजेको समयमा करण अपहरणमा परेको जानकारी आयो,’ एसपी ढकालले भने, ‘अपहरण गरेकै दिन बालकको हत्या गरिसकेका रहेछन्।’ अनुसन्धानकै क्रममा तीनजनाले अपहरण गरेको खुलेको उनले जनाए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शम्भुको घर नजिकै बस्दै आएका विकास शर्माले करणको अपहरण गरी कलैयाका सिकेन्द्र साह र रामविनेश महतोको जिम्मा लगाएका थिए।कबाड कारोबारी शम्भुका छोरा करण गत शुक्रबार विद्यालय छुट्टी भएर घर फर्किने क्रममा अपहरणमा परेका थिए। अपहरणकारीले शम्भुलाई त्यही दिन फोन गरि ३० लाख रुपैयाँ फिरौती मागेका थिए। ‘मोलमोलाई पछि ५ लाख रुपैयाँमा झरेका थिए,’ शम्भुले भने, ‘सरसापट गरी २ लाख रुपैया जति जम्मा गरेको थिएँ।’ उनका अनुसार अपुग पैसा प्रहरीले जोहो गरिदिने र एक हातले पैसा र अर्को हातले बच्चा लिने कुरा भएको थियो। ‘तर, अपहरणकारीले यो कुरा मानेन्,’ उनले भने, ‘पैसा लिएको केही समयपछि करणलाई बसमा पठाइदिन्छौँ भन्थे, बुधबार बिहान त शव नै फेला परेको प्रहरीले जानकारी दियो।’ एसपी रेवती ढकालले पैसा दिएर बच्चा नदिने सम्भावना पनि रहेकोले एक हातले पैसा र अर्कोले बच्चा लिने कुरा भएको थियो। ‘अपहरण गरेको दुई घन्टा पछिनै बालकको हत्या गरिसेकेका थिए,’ उनले भने, ‘बच्चाको रेर्कडेड आवाज परिवारलाई सुनाएर बार्गेनिङ गरिरहेका थिए।

२०७६ जेठ १५ गते ११:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: