सर्पको टोकाईबाट ९ वर्षीय बालकको मृत्यु
डोटीको केआईसिंह गाउँपालिकामा २ तिखात्तरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । आँगनमा बसेर पढिरहेका शेर बोगटीका ९ वर्षीय छोरा झकेन्द्र बहादुर बोगटीलाई सर्पले टोकेको स्थानीय मोहन बोगटीले बताए । बुधबार मध्यान्ह सर्पले टोकेको बच्चालाई गाउँमै झारफुक गर्दा निको नभएपछि मात्र अस्पताल लगिएको थियो । बालकको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भयको हो। ढिलोगरी अस्पताल ल्याएका कारण उपचार सम्भव नभएको अस्पताल स्रोतले जनाएको छ।
२०७६ असार १९ गते ११:०१ मा प्रकाशित