A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session2t80m2nqovs0bbsbronv1sjpaj8l10e1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्रालाई विद्यालय जान साइकल वितरण

प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायीक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई वितरणका लागि जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा साइकलको ताँती लागेको छ ।मुख्यमन्त्री कार्यालय परिसर साइकलले भरिभराउ छ । कार्यालयसँगै रहेको गोदाममा साइकल एसेम्बल गर्ने काममा मिस्त्रीहरु व्यस्त देखिन्थे ।जनकपुरको सकल भवन कन्या माविका कक्षा ८ मा पढने १ सय १४ जना छात्रालाई साइकल वितरण गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले यो अभियानको थालनी गरिसकेका छन् । मुख्यमन्त्री राउतका प्रमुख स्वकीय सचिव जितेन्द्र यादबका अनुसार असार महिनाभित्रमा प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत्त छात्रालाई साइकल वितरण गरिनेछ ।साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले टाढा–टाढाबाट विद्यालय आउने छात्राहरुलाई सहज हुने बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण कार्यक्रमलाई अघि बढाएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश २ का सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य राखेको छ ।

२०७६ असार १३ गते २:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: