A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

महिला बालबालिकाको आत्महत्या बढ्दो

जिल्लामा गत वर्षभन्दा चालु वर्षमा आत्महत्याका घटना बढेका छन् । गत वर्ष ६८ घटना भएकामा चालु वर्षको हालसम्म ७० वटा भएका छन् ।वीरगन्ज महानगरपालिका २१ बस्ने १५ वर्षीया नीलमकुमारी साहले जेठ १३ मा आफ्नै घरमा आत्महत्या गरिन् । वीरगन्ज महानगर १४ पिप्रा टोलकी ११ वर्षीया प्रियंका कुशवाहाले फागुन ११ मा सुत्ने कोठामा झुन्डिएर आत्महत्या गरिन् । नाबालिकाले आत्महत्या गरेको यी दुई प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय जिल्लामा महिला तथा बालबालिकाको आत्महत्याको दर बढदो क्रममा छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा आत्महत्याका ७० घटना भइसकेका छन् । जसमा ८ बालिका तथा २ बालकले आत्महत्या गरेका छन् । त्यसैगरी २६ महिला र २१ पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गरेकामध्ये ५६ ले झुन्डिएर तथा १४ ले विषसेवन गरी आत्महत्या गरेका छन् । गत आर्थिक वर्षको तथ्यांकको तुलनात्मक विश्लेषण गर्दा चालु आवमा आत्महत्या गर्नेको संख्या बढेको छ । तीमध्ये महिला र बालबालिकाको संख्या झन बढदो छ । गत आवभरमा कुल ६८ वटा आत्महत्याका घटना भएकोमा तीमध्ये ८ बालबालिका, ३० महिला र ३० पुरुष थिए । पछिल्लो समय महिला तथा बालबालिकामा बढदो आत्महत्याको दरले सबैलाई चकित बनाउँदैछ । आत्महत्या गर्नेमध्ये अधिकांश बालबालिकाले सुसाइड नोट लेख्ने र उनीहरूले जीवनदेखि निराश भई बाँच्नुको अर्थ नरहेको कारण देखाउने गरेका छन् । यसै वर्ष जिल्लाका दुई किशोरीले भारतमा गई रेल्वे लिकमा आत्महत्या गरेका छन् । मानसिक रोग विशेषज्ञ डा। भरत गोइत पनि पछिल्लो केही वर्षयता महिला तथा बालबालिकामा आत्महत्याको दर बढदै जानु चिन्ताको विषय भएको बताउँछन् । सामान्यतया मानसिक रोगीहरू डिप्रेसनमा जाँदा, लागूपदार्थ सेवन गर्दा वा कुनै खाले असन्तुष्टि वा आवेशमा आएर पनि आत्महत्या गर्ने प्रवृत्ति रहेको छ,’ उनले भने, ‘तैपनि आत्महत्या रोक्न सकिन्छ, मानिसले आत्महत्या उन्मुख नहुने वातावरण बनाउन जरुरी छ ।’ तराईको हकमा महिलाहरू डिप्रेसनमा हुने, घरेलु हिंसा आदि कारणले उनीहरू आत्महत्या गर्न उन्मुख हुन्छन् । महिलालाई मानसिक समस्या हुँदा अझै पनि उनीहरूको उपचार नगर्ने प्रवृत्ति कायमै छ । महिला र बालबालिका किन आत्महत्या गर्दैछन्, यसतर्फ गहन अध्ययन र अनुसन्धान जरुरी छ,’ डा। गोइतले भने, ‘यसका लागि उनीहरूलाई सल्लाह, सुझाव, परामर्श आदि आवश्यक पर्छ भने त्यसका लागि हटलाइन सेवा सुरु गर्ने वा अन्य तरिकाहरू अपनाउन सकिन्छ।

२०७६ असार १८ गते १०:१२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: