समाचारमा बालबालिका

बिमाको पैसा पाउन बाबुद्वारा ४ वर्षीया छोरीको निर्मम हत्या

बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन्। रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ। यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारी बयान प्रहरी सामु दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

२०७६ असार २० गते १०:०५ मा प्रकाशित