समाचारमा बालबालिका

मुख थुनेर बालिका करणी गर्ने पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो। बालिकालाई एक्लै भएको मौका छोपी आइतबार १ः३० बजेतिर मुख च्यापेर जबर्जस्ती करणी गर्न लागेको अवस्थामा स्थानीयवासीले देखेपछि बादीलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासीले टेलिफोनमार्फत जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी बालिकाका बुबाले दिएको किटानी जाहेरीका आधारमा निज मदन बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आरोपी बादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबर्जस्ती करणी उद्योग मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

२०७६ असार १६ गते ८:४९ मा प्रकाशित