समाचारमा बालबालिका

जनावरले खाएको अवस्थामा पोखरामा नवजात शिशुको शव फेला

पोखरा महानगरपालिका ३० शिशुवास्थित बिपलडाली मार्ग खेतको कुलो छेउमा नवजात शिशुको शव फेला परेको छ। मृत अवस्थामा फेला परेको बालकको पेट मुनी र दाहिने हात जनावरले खाएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए। नवजात शिशु जन्मेलगतै फ्याकेको हुन सक्ने शंका स्थानीयले गरेका छन्। नवजात शिशुको शव कुकुर वा स्यालले केही अंग खाएको अवस्थामा फेला परेको पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य सोमलाल कडेलले सुनाए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

२०७६ असार २१ गते ७:५१ मा प्रकाशित