A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीलाई डुंगाकै भर

कैलालीको जोशीपुर गाउँपालिका–३ बञ्जरिया गाउँ, काँडा नदी पारीको बस्ती हो। नदी पारी बञ्जरिया, भगैंया, र झण्डै ५ सय मुक्त कमैयाको बसोबास भएको रामनगर शिविर छ। यहाँ कक्षा ८ सम्म पढाई हुने जनजागृति आधारभूत विद्यालय र ५ कक्षासम्म पढाई हुने मुक्त कमैया प्राथमिक विद्यालय छन्। माध्यमिक र उच्च शिक्षा अध्ययनका लागि यहाँका विद्यार्थी वर्षा भरि डुंगाकै भर पर्छन्। नदीमा ठूलो बाढी आउँदा उनीहरु विद्यालय जान पाउँदैनन्। विद्यालय आउजाउ गर्न डुंगाकै सहारा लिनुपर्छ। स्थानीय धर्मेन्द्र विष्टले प्राथमिक तहभन्दा माथिको शिक्षा आर्जन गर्न गाउँका बालबालिकालाई नदीपारिको जोशीपुर र बौनियाँसम्म जानुपर्ने बाध्यता रहेको बताए । वर्षायाममा काँडा नदीमा पानी बढेर वारपार गर्न निकै समस्या हुन्छ’, उनले भने, ‘डुंगा नभए आवतजावत नै बन्द हुन्छ।’ जोशीपुरको मोहन्याल माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत प्रकाश चौधरी डुंगा तरेर विद्यालय जानुपर्दा सधैं डर लाग्ने गरेको बताउँछन् । ‘वर्षामा विद्यालयमा गएका बेला बाढी आए घर फर्किन निकै समस्या हुने गरेको छ’, उनले भने, ‘कतिपय बेला आफन्त खोज्दै जोशीपुरमै बस्ने गरेका छौं।

बञ्जरियाको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक कालिराम चौधरीले वर्षायाममा विद्यार्थी मात्र नभई शिक्षक र स्थानीयलाई समेत समस्या हुने गरेको बताए। ‘हामी आफै पनि बाढी आउँदा घर फिर्ता हुन पाउँदैनौं’ उनले भने, ‘ विद्यार्थीलाई माध्यमिक तहको शिक्षा दिन जोखिम मोल्दै पठाउनु पर्ने बाध्यता छ।’ ती गाउँबाट दैनिक ५ सय बढी विद्यार्थी जोशीपुर, बौनियाँ र मुद्दीमा अध्ययन गर्न आउजाउ गर्छन्। जोशीपुर गाउँपालिकाले विद्यार्थीलाई ओहोरदोहोर गराउन विद्यालयलाई सानो डुंगा दिएको छ। डुंगा तरेर आउनुपर्दा विद्यार्थीहरु समयमा नपुग्ने, छिटो घर जाने जस्ता समस्याहरु हुने गरेको शिक्षक चौधरीले बताए। स्थानीय रामसेवक चौधरीले बेलाबखत डुंगा पल्टेर दुर्घटना समेत हुने गरेको बताए। ‘यहाँभन्दा अगाडि कतिपटक त डुंगा पल्टिएको छ’, उनले, ‘सामान्य दुर्घटना हुने गरेको भए पनि ठूलो दुर्घटना भने भएको थाहा छैन।’ त्यहाँको मुख्य समस्या नै काँडा नदी रहेको वडाअध्यक्ष किशोर कठरियाले बताए। अध्यक्ष कठरियाले भने, ‘काडाँ नदीमा पुल निर्माणका लागि लामो समयदेखि माग गर्दै आएका थियौं। पुल बन्ने क्रममा रहेको छ। अर्को वर्षासम्म डुंगा तर्नुपर्दैन।’ दैनिक उपभोग्य सामाग्री लिन समेत जोखिमपूर्ण डुंगा तर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय बताउँछन्।

२०७६ असार १७ गते ११:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: