A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionk0vbamojbig72kblomqqetjn2q8v6sun): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होस्टेलबाट घर जान खोज्दा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

सप्तरी सदरमुकाम राजविराज स्थित शिव इन्टरनेसनल बोर्डिङ स्कुलका शिक्षकको कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय बालक सुमितकुमार भगत घाइते भएका छन्। सो विद्यालयका शिक्षक चन्दन झाले सुमितलाई फलामे पाइपले निर्धात कुटपिट गरी घाइते बनाएको बालकका आफन्तले दावी गरेका छन्। सोमबार साँझ छोरा सुमितलाई विद्यालयका शिक्षक झाले गम्भीर घाइते हुनेगरी फलामे पाइपले कुटपिट गरेको बुवा सदानन्द भगतले बताए । कुटपिटका कारण उनको खुट्टा, हात, पिठ्युँ र ढाडमा निलडाम भएको छ । घाइते भएका बालक सुमितको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराइ मंगलबार घर ल्याइएको छ। सुमितका बुवा सदानन्दले शिक्षक झामाथि कडा कारवाही तथा क्षतिपूर्तिको माग गरेका छन् । छोरालाई अध्ययनका लागि विद्यालयको होस्टलमा राखेका थियौं, गाईगोरुझै कुटनका लागि होइन, उनले आक्रोशित हुँदै भने, यो त अति भो, यसरी यातना दिने शिक्षकलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ। सुमित विगत ६ महिनादेखि उक्त विद्यालयको होस्टलमा बस्दै आएका थिए। प्राप्त जानकारी अनुसार सोमबार उनीले घर जान जिद्दी गरेका थिए । विद्यालयबाट उनको घर करिब १ किमि टाढा छ । स्कुलको बस विद्यार्थी छोड्न जाँदा उनी पनि सोही बसमा जान लागेका बेला आक्रोशित बनेका झाले सोही बसमा रहेको फलामे पाइपले बालक सुमितमाथि प्रहार गरेका थिए ।  सुमितले बसमा साथीहरु चढेर घर जान थालेको देखेर आफूलाई पनि घर जान मन लागेपछि बस चढ्न खोज्दा एक्‍कासी  झाले फलामे पाइप प्रहार गरेको बताए।प्रिन्सिपल नरेशप्रताप साहले घटना दुस्खद भएको भन्दै यसबारे आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने बताए।

२०७६ असोज २८ गते ४:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: