समाचारमा बालबालिका

३ वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्ध पक्राउ

जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ । मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ छ ।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत्त पाण्डेयले बताए।

२०७६ असोज २३ गते प्रकाशित