समाचारमा बालबालिका

फड्केबाट खोलामा खसेर बालिकाको मृत्यु

खोटाङमा फड्केबाट खोलामा खस्दा एक बालिकाको मृत्यु भएको छ। खोला तर्नका लागि हालिएको बाँसको फड्केबाट खस्दा केपीलासगढी गाउँपालिका–१ फेदीका १३ वर्षीय आयुस्मा राईको मृत्यु भएको हो। फड्केबाट खस्दा उनलाई आइतबार दिउँसो स्थानीय ताप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। बालिकालाई फड्केभन्दा करिब सय मिटर तल मृत फेला पारिएको थियो। ईलाका प्रहरी कार्यालय बाक्सिला र प्रहरीचौकी खार्ताम्छाको प्रहरीको टोली घट्नास्थलमा पुगेर कानूनी प्रकृया पुरा गरेर थप अनुसन्धानअघि बढाएको डिएसपी गौतमले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ।

२०७६ असोज २७ गते ११:०१ मा प्रकाशित