A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निर्दयी सौतेनी आमाः ७ वर्षीया छोरीलाई निर्घात कुटपिट

खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन ९ढाडको जोर्नी फुत्किएको० छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ। ११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्। कमला चार वर्षको हुँदा आमाले अर्कोसँग बिबाह गरिन्। नेपाली सेनामा कार्यरत तिर्थबहादुरले अघिल्लो वर्ष फागुनमा मनकुमारीलाई भित्र्याए। छोराछोरीलाई माया र स्याहार गर्नुपर्ने मनकुमारीले उल्टै कुटपिट गर्न थालिन्। सौतेनी आमाको कुटाईबाट जेठी छोरीको आँखामा चोट छ। कान्छी छोरी कमला अस्पतालको बेडमा छिन्। ‘पहिलेको श्रीमतीले छोडेर गएपछि तीन छोराछोरीको स्याहारका लागि विवाह गरेको हुँ,’ तिर्थबहादुरले भने, ‘जसलाई विश्वास गरेर बिबाह गरें, उसैले छोराछोरीलाई मार्ने उद्देश्यले कुटपिट गरिछन्।’ सौतेनी आमाको कुटाईबाट कमलाको अवस्था गम्भीर छ। ढाडको जोर्नी फुत्किएकाले उनी उठ्न पनि सक्दिनन्। आफू उपचारका लागि काठमाडौं गएदेखि नै मनकुमारीले छोराछोरीलाई कुट्न थालेको तिर्थबहादुरले बताए। ‘छोरीलाई कुटेर ठाउँठाउँमा घाउ छन्, ढाडको हड्डी फुत्किएको छ, त्यसमाथि खान नदिएर छोरी कुपोषित भइन्,’ उनले भने, ‘डाक्टरहरुले केही महिना अझै आइसियूमा राख्नुपर्छ भन्नु भएको छ।’ चिकित्सकका अनुसार कुपोषण, पेल्भिक डिसलोकेशन र शरिरको तल्लो भागको घाउका कारण कमलाको स्वास्थ्य अवस्था गम्भीर छ। ‘हामीले निःशुल्क उपचार गरिरहेका छौं, अझै चार–पाँच महिना अस्पतालमा राख्नुपर्छ,’ प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। डम्वरबहादुर खड्काले नागिरक न्यूजसँग भने, ‘अवस्था अझै गम्भीर छ।’ उनले खुट्टा झुण्ड्याएर उपचार गर्ने गरिएको बताए।तिर्थबहादुर आफै अशक्त छन्। बैशाखमा डेंगीको विरामी भएदेखि उनी सैनिक अस्पताल छाउनीमा उपचाररत थिए। ‘श्रीमतीले छोरीलाई कुटपिट गरेको छिमेकीले जानकारी दिएपछि औषधि बोकेर आएँ,’ उनले भने, ‘छोरीलाई मार्ने उद्देश्यलेनै हानेको रहेछ।’ तिर्थबहादुरले श्रीमतीविरुद्ध बुधबार ज्यानमार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दायर गरेका छन्। ‘ज्यानमार्ने उद्देश्यले छोरीमाथि आक्रमण गरेको भन्दै उजुरी आएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहले भने, ‘हामीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं।

२०७६ असोज १६ गते १:२० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: