A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफन्तबाटै छोरी–चेली असुरक्षित

कक्षा ९ मा पढ्दापढ्दै सुनसरी हरिनगर–४ की किरणकुमारी यादवलाई अभिभावकले विवाहको प्रस्ताव गरे। तर, किरणकुमारीले स्वीकार गरिनन्। पढाई पूरा गरेर छाड्ने अठोट लिइन्। बरु उनले उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको जनाउँदै सुरुवातमा अभिभावक सहमत नहुँदा अध्ययन गर्न आफ्नै बुवाविरुद्ध अंश मुद्दा हालिन्। त्यसपछि सुरु भयो किरणकुमारीलाई बुवा र दाजुबाट पटक–पटक मानसिक तथा शारीरिक यातना। किरणकुमारीका बुबा र दाजुले गरेको हिंसाको व्यवहार प्रहरीसम्म पुग्यो। मुद्दा हालेको थाहा पाउनेबित्तिकै छोरीलाई अंश नदिन बुवा मोहन यादवले रातारात भएको केही जग्गा अर्कैको नाममा पास गरे। बाँकी थोरै जग्गाको तीन भागको एक भाग किरणकुमारीले पाइन्। कक्षा १२ सम्म पढेर अहिले उनले विवाह गरिसकेकी छिन्। एक वर्षअघि दाउरा संकलन गर्न गएकी १४ वर्षीया निर्मला सदालाई कोसी गाउँपालिका, कटान क्षेत्रमा एक्लै फेला पारेर स्थानीय नौसाद मियाँलगायत युवाले अभद्र व्यवहार र हातपात गरे। निर्मला चिच्याएपछि उनीहरू भागेकाले थप अनपेक्षित घटना हुन पाएन। शृंखलाबद्ध रूपमा घटना हुने क्रममा असार २ गते इटहरी–९ मा ससुराली घरमा आएका एक पुरुषले ६ वर्षीया बालिकामाथि जबरजस्ती गरेको उजुरी प¥यो। बराहक्षेत्र–६ घर भएका देवेन्द्र गौतमले सुसुराली आएका बेला बालिकामाथि त्यस्तो कुकृत्य गरेपछि उनलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएर अहिले पुर्पक्षका लागि जेल चलान गरेको छ। बालिकाकी आमा घरमा नभएको मौका पारेर यौन दुव्र्यहार गरिएको प्रहरीको अनुसन्धानमा उल्लेख छ। बालिकाको यौन अंगमा घाउ भएको देखेर उपचार गर्न विराटनगर लगिएको थियो। उपचार गर्न लगेपछि चिकित्सकसँग बालिकाले घटनाबारे बताएपछि मात्रै वास्तविकता बाहिरिएको थियो।

यसरी एकपछि अर्को घटना हुँदा गाउँमा कतिपय छोरीचेलीले आफन्तबाटै दुव्र्यवहार भोग्ने गरेका छन् भने कतिपय छोरीचेलीलाई बाहिरी व्यक्तिका कारण एक्लै–दोक्लै हिँड्न पनि गाह्रो छ। बालिका, किशोरी र महिलालाई कुनै पनि पुरुषबाट हुनसक्ने यौन दुव्र्यवहारबारे सचेत गराउनुपर्ने अवस्था छ। आफन्तबाट वा नचिनेका व्यक्तिबाट यौन दुव्र्यवहार हुँदा कतिपय बालिका, किशोरी र महिलाले पहिले त डराएर भन्दैनन््। जसले यस्ता समस्या बारम्बार समाजमा दोहोरिने गरेका छन्। कतिपय बालिका, किशोरी र महिलालाई आफ्नै उमेरका दाजुभाइले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, हातमा म्वाइँ खाने, शरीरका अन्य भागमा चुम्बन गर्ने तथा यौनिक क्रियाकलाप गरेको पनि पाइन्छ। ‘बालिका, किशोरी र महिलालाई पहिले नै यसबारे सचेत गर्न सकियो भने कसैले उनीहरूलाई अभद्र व्यवहार गरेमा तुरुन्त भन्न सक्छन्,’ महाराजगन्ज शिक्षण अस्पतालका प्राध्यापक डाक्टर खेम कार्कीले भने। उनका अनुसार उनीहरूलाई सानैदेखि विभिन्न खाले अभद्र, दुव्र्यवहार, यौन हिंसा, हिंसालगायत घटनाबारे सचेत गराउँदा घरका सदस्यलाई भन्न सक्छन्। यसबाट उनीहरू केही हदसम्म सुरक्षित हुनसक्छन्।सुनसरीमा बर्सेनि जबरजस्ती करणीका घटना बढेका बढ्यै छन्। आर्थिक वर्ष २०७५÷७६ मा मात्र जिल्लामा १ सय ५ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन्। यो अवधिमा २२ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जानकारी दिएको छ।जबरजस्ती करणीका मुद्दामा ८३ जना पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको रेकर्डमा उल्लेख छ। जबरजस्ती करणी उद्योेगको मुद्दामा भने १५ जना पक्राउ परेको उल्लेख छ। यो अवधिमा बाल यौन दुरुपयोगका तीनवटा मुद्दा दायर गरिएकोमा पाँच जना पक्राउ परेका छन्।जिल्ला अदालतको तथ्यांकअनुसार आव २०७४र७५ को अवधिमा जबरजस्ती करणी र उद्योगका गरी १ सय १ वटा मुद्दा दर्ता भएका थिए। २०७३ साउनदेखि २०७४ असार मसान्तसम्ममा ५६ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दायर भएका छन्। जिल्लाभर जबरजस्ती करणी उद्योगका घटना १८ वटा दर्ता भएका थिए। २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा भने जिल्ला अदालतमा ६७ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका थिए। यसरी बर्सेनि जबरजस्ती करणीका मुद्दा बढ्दा छन्।महिलाको अज्ञानता र उनीहरूलाई आर्थिक प्रलोभन देखाएर युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेका घटना पनि बग्रेल्ती छन्। विशेषगरी, होटल सञ्चालन गर्दा आर्थिक फाइदाका लागि युवतीलाई अनेक प्रलोभन दिएर ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने क्रम बढ्दो छ। यस्ता कार्य गर्न होटल सञ्चालकले नै युवतीलाई ग्राहकसँग बनाएर शारीरिक सम्पर्क गर्न लगाउन उद्यत हुन्छन्। पूर्व–पश्चिम तथा कोसी राजमार्गआसपास सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले युवती राखेर यौनधन्दा गर्ने गरेका छन्। आव २०७५/७६ को अवधिमा ३२ वटा बहुविवाह भएका छन्। तीमध्ये पुरुष २६ र महिला १९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको रेकर्डमा उल्लेख छ। यस्तै, सोही अवधिमा बोक्सी आरोपमा एक, मानब बेचबिखनमा १९ वटा घटना घटेका छन्। यस्तै, गर्भ संरक्षणविरुद्ध कसुरमा एउटा घटना भएको छ। अन्य सानातिना महिलामाथि दुव्र्यवहार, हिंसालगायत घटना पनि भएका छन्। विभिन्न खाले महिलाहिंसा हुनुको मुख्य कारण आर्थिक पाटो नै भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए। ‘आर्थिक रूपमा कमजोर हुँदा पुरुषद्वारा महिलामाथि हिंसाका घटना बढेको पाइएको छ,’ उनले भने, ‘अर्कातिर शिक्षाको कमीले पनि हिंसाका घटना बढ्दा छन्।’ उनले सूचना आएलगत्तै बालिका, किशोरी र महिलामाथि हुने कुनै पनि प्रकारका हिंसाका घटनाका दोषी पक्राउ गरी पीडितलाई सुरक्षा दिँदै आएको जानकारी दिए।

२०७६ असोज १२ गते ७:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: