समाचारमा बालबालिका

पहिले फिरौती, अहिले लेनदेन विवादमा अपहरण

०६७ भदौ १ गते मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लहान नगरपालिका ६ बाट ५ वर्षीय बालक गौरब चौधरीलाई अपहरण गरे। उनको खोजीमा आफन्त र प्रहरी जुट्यो। स्थानीय आम हड्तालमै उत्रे। शैक्षिक संस्था, सरकारी कार्यालय, वित्तिय संस्थाहरु बन्द भए। तर, बालक चौधरी अपहरणमुक्त भएन्। अपहरणकारी र अपहरित परिवारबीच फिरौती रकममा कुरा मिलेपछि मात्र बालक अपहरणमुक्त भए। ०७५ असोज २४ गत्ते बाराक सिमौनगढ नगरपालिका–३ निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण भयो। चारदिनपछि उनको हत्या शव बरामद भयो। इवीका कारण बालकको अपहरणपछि हत्या गरिएको बताइएको छ।०७६ बैशाख २३ गत्ते धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका अढाई वर्षीय समीर९आर्यन० साह घरमा खेलिरहेकै बेला अपहरित भए। बैशाख २४ गते बिहान ६ बजे धनुषाको मिथिला नगरपालिका–६ स्थित कृष्णनन्दन महतोको खेतमा आर्यनको शव गाउँलेले देखे। तुरुन्तै प्रहरीलाई खबर गरे।घाँटी रेटेर बालकको हत्या गरिएको हल्ला गाउँभरि फैलियो। आर्यन बिरामी पर्दा बेला–बेला झारफुक गरेर निको पारेको र राम्रै सम्बन्ध रहेकाले उनीमाथि कसैले शंका गरेनन्। महतोले ‘दैवीशक्ति आर्जनका लागि’ चमेनीमाईलाई खुसी पार्न आर्यनको हत्या गरेको खुल्यो। तन्त्रमन्त्र विद्यामा शक्तिशाली हुन्छु भन्ने अन्धविश्वासमा महतोले आर्यनको अपहरणपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्।२०७५ साउन २५ गत्ते गोलबजार नगरपालिका –१ पुरानो चोहर्वाकी ५५ वर्षीया कारीदेवी यादव खेतबाट घर फर्किने क्रममा बाटोबाटै अपहरित भइन्। अपहरणमा परेको १६ दिनपछि यादवको हत्या गरी बोरामा प्याक गरिएको शव नरहा गाउँपालिका–१ गौरहा गाउँको बाँसघारीमा गाडिएको अवस्थामा फेला पर्यो।कारीदेवीका नाममा रहेको सम्पत्ति हत्याउन नजीककै व्यतmीबाट उनको अपहरणपछि हत्या भएको त्यो बेला प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

सशस्त्र द्वन्द(जनविद्रोह) शान्तिवार्तामार्फत शान्त भइसकेपनि तराई मधेस शान्त भएन। सप्तरीको त्रिकोल निवासी जयकृष्ण गोइत लामो समय नेपालको कम्युनिष्ट आन्दोलनमा कठोर संघर्षपछि  उनी त्यहाँ टिक्न सकेनन्। अन्ततः उनी माओवादीबाट विद्रोह गरेर २०६१ साल साउन १० जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरी केन्द्रीय संयोजक बने। मधेस र मधेसीको मुक्तिका लागिभन्दै उनको संठनले तराई–मधेशमा सशस्त्र संघर्षको शंखनाद गरे। त्यसपछि त जनतान्त्रिक नाम यती चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, ‘सप्तरीको बुढो बाजेको पेडा पसल’ जस्तै। जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यती बढ्यो की मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई कमाइको माध्यम बनाइयो। जसले सशस्त्र समुहप्रति मधेसमा घृणा बढ्दै गयो। मधेसको सशस्त्र संघर्षलाई शुक्ष्म ढंगले नियाल्ने प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्,‘मधेस मुक्तिको नाममा चलेको सशस्त्र संघर्षले मधेसीलेनै बढी सास्ती खेपेका छन्।’०६७ पछि राज्यबाट चलाइएको इन्काउन्टर अभियान र धरपकरले सशस्त्र गतिविधि क्रमिक रुपमा सेलाउँदै गएको मिश्रको भनाइ छ। त्यसपछि कतिपय सशस्त्र समुह प्रसाशन समक्ष आत्म समर्पण नै गरे। अधिकतर सरकारी वार्ता टोलीसँग वार्तामार्फत शान्ति प्रक्रियामा सहभागी बने। जसमध्ये धेरै आफूलाई मधेस केन्द्रित दलमा विलय गरे। मधेसमा फिरौतीकै लागि हुने व्यतिm अपहरण तथा हत्याका घटना करिब करिब बन्द भए।तर, पछिल्लो समय भने अपहरण र हत्या फिरौतीका लागि नभई इवी साध्नका लागि भैरहेको घटनाक्रमले देखाएको छ। यतीसम्मकी श्रीमती फिरौती माग्न पनि आफन्तका बच्चा अपहरण गरिएको घटना भएको छ। ०७६ भदौ १० गते दिउँसो सिरहा कर्जन्हा नगरपालिका–३ का पाँच वर्षीय बालक शिवम् यादवको अपहरण भयो। जिल्ला प्रहरी कार्यालय सिरहाबाबाट चालीस किलोमिटर उत्तरपश्चिमस्थित शंकर कार्कीको घरमा शिवम्का बुवा–आमा डेरा बस्थे। बुवा बच्चालाल र आमा सुखनीदेवी ज्याला मजदुरी गरेर गुजारा गर्थे। दिउँसै छोरा हराएपछि उनीहरूले अतालिए।साउन महिनादेखि सुखनीकी भदैनी सुरेखा र ज्वाइँ शोभित मुखिया उनीहरू बसेकै घरमा डेरा बस्न थालेका थिए। त्यसअघि उनीहरू महोत्तरी बस्दै आएका थिए। उनीहरू चटपटे बेच्थे। सुरेखा श्रीमान् शोभितलाई लिएर सिरहा आएकी थिइन्। भदौ २ गते सुरेखा घरबाट अचानक बेपत्ता भइन्। उनको अहिलेसम्म पत्तो लागेको छैन।भारत सितामढी घर भएका शोभित श्रीमती हराएपछि आक्रोशित हुन थाले। आफ्नी श्रीमतीलाई फूपू–फूपाजूले भगाएको आरोप लगाउन थाले। उनले बारम्बार आरोप लगाउँथे९ मेरी श्रीमती तिमीहरूले नै भगायौ। तर, ‘नखाएको विष लाग्दैन’ भन्दै सुखनीदेवी र बच्चालालले उनको आरोप अस्वीकार गरिरहे।शोभितसँग उनीहरूको सम्बन्ध त्यही घटनापछि विस्तारै चिसिँदै गयो। न सुरेखा भेटिइन् न शोभितले आरोप लगाउनै छोडे। बीचबीचमा शोभित धम्की दिन्थे–मेरी श्रीमतीलाई नल्याए छोरो अपरहण गरिदिन्छु।भदौ १० गते नभन्दै छोरो हराएपछि सुखनी र बच्चालालले पहिलो शंका शोभितमाथि नै गरे। साँझ मोबाइलमा फोन गरेर शोभितले भने‘ तिमीहरूको छोरा मैले अपहरण गरेँ। प्रहरीलाई खबर गरे मारिदिन्छु। सुखनीदेवी र बच्चालाल बिलौना गर्न थाले। प्रहरीलाई भनौं छोरो मारिने डर, नभनौं कसरी छुटाउने पिरोलेले उनीहरुलाई बेचैन बनाइरह्यो।तर, बच्चालाल अबेर राति प्रहरीलाई फोनमार्फत घटना जानकारी गराए। कर्जन्हाबाट बालकको अपहरण भयो, अपहरणकारीको हुलियासहित। भारतसँग सीमा जोडिएको कुनै बेला अतिसंवेदनशील जिल्ला सिरहा। अपहरण र फिरौतीका घटनाले आजित जिल्लाको इतिहास। प्रहरीलाई तनाव थपियो।प्रहरीले शोभितले बोक्ने मोबाइल नम्बर ‘ट्रेस’ गर्दै खोजी गर्न प्रहरी परिचालन भए। प्रहरी भारतीय सहर सीतामढीसम्म पुग्यो। तर, शोभित भेटिएनन्। शोभितले बच्चालाल र सुखनीदेवीलाई नेपाल तथा भारतको सीमकार्डबाट फोन गरेर लगातार धमक्याइरहेका थिए, मेरी श्रीमती ल्याएको खबर पाउँ, नत्र बच्चा मारिदिन्छु।

फोनको लोकेसनकै आधारमा प्रहरीले पाँच दिनपछि शोभितलाई  सर्लाहीबाट पक्राउ गर्यो। शोभित पक्राउ परेसँगै बालक शीवम्को पनि सकुशल उद्धार भयो। शोभितलाई अपहरण तथा शरिर बन्धक मुद्दामा कारवाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख ९एसपी० उमाप्रसाद चतुर्वेदीले बताए।सिरहाका लागि अपहरण तथा फिरौतीका घटना नौलो होइन। तर, यस किसिमको ‘बार्गेनिङ’ युक्त अपहरण सिरहा मात्र नभई मधेसमा अनौठो हो, एसपी चतुर्वेदीले भने। उनले भने,‘सावधानीपूर्ण खोजका कारण  बालकको ज्यान जोगियो, अपहरणकारी पनि फन्दामा आए।’ सिरहा मात्र नभई मधेसमा अपहरितको सकुशल उद्धार तथा अपहराकारी पक्राउको घटना दुर्लभ भेटिन्छ।सिरहामा ०७१ सालदेखि ०७६ सालसम्म भएका २० वटा घटना केलाउँदा अपहरणमा व्यतिmगत इवी तथा लेनदेन कारण देखिएको छ। ०७० भन्दा अगाडि भएका अपहरणका अधिकांश घटनामा तराईमा सशस्त्र गतिविधि गर्ने समूहले जिम्मा लिएका फिरौतीको मनसायले अपहरण भएको देखिन्छ। पछिल्लो समय मधेसमा अपहरण तथा अपहरणपछि हत्याको मनसाय बदलिँदै गएको घटनाक्रमले देखिन्छ।

२०७६ असोज १४ गते ११:२० मा प्रकाशित