A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioneb9lt0af4k8d0aijps78biorqtfp9b7v): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

काठमाडौंमा एक महिना विद्यालय बिदा

काठमाडौं महानगरपालिकाले दसैं र तिहारको बीचमा समेत विद्यालय बिदा गर्न सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले असोज १२ देखि कात्तिक १२ गतेसम्म विद्यालय बिदा गर्न भनेको छ । उक्त सूचनाप्रति संस्थागत ९निजी० विद्यालय सञ्चालक र अभिभावकले आपत्ति जनाएका छन् । महानगरपालिकाले चालू शैक्षिक सत्र सुरु हुनुअघि नै सरोकारवालासँग सहमति गरेर शैक्षिक क्यालेन्डर निर्माण गरेको दाबी गरेको छ । दसैं र तिहारको बीचमा चाड अवधिबाहेक ११ कार्यदिन छ । ‘वार्षिक शैक्षिक क्यालेन्डर २०७६ बमोजिम आश्विन १२ गते प्रतिपदा तिथिदेखि आश्विन २६ गतेसम्म बडादसैं बिदा, आश्विन २७ गतेदेखि आश्विन महिनामा ३० गतेसम्म र कात्तिक महिनामा ८ गतेसम्म हिउँदे–वर्षे बिदाबाट मिलान हुने गरी बिदा गर्ने,’ काठमाडौं महानगरपालिकाकी शिक्षा अधिकारी निर्मला केसीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘एवं २०७६ कात्तिक १० देखि १२ गतेसम्म तिहार बिदा गरी कात्तिक १३ गते बुधबारदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्नुरगराउनुहुन सबै विद्यालयलाई यसै सूचनाद्वारा सूचित गराइन्छ ।’ संविधानअनुसार विद्यालय तह ९शिशुदेखि कक्षा १२ सम्म० स्थानीय सरकार मातहत छ । काठमाडौं महानगरले पहिलो पटक यसरी दसैंरतिहारको बीचको बिदा हिउँदे बिदामा मिलान गर्न भनेको हो । महानगरभित्र ७ सय ४१ विद्यालय छन् । तिनमा १ लाख ७४ हजार विद्यार्थी अध्ययनरत छन् । त्यसमा संस्थागततर्फ १ लाख ३६ हजार विद्यार्थी रहेको शिक्षा प्रमुख केसीले बताइन् । ‘हामीले प्याब्सन, नेसनल प्याब्सन र अभिभावक प्रतिनिधिसँग सल्लाह गरेर क्यालेन्डर बनाएका हौं,’ गत चैतमै क्यालेन्डर सार्वजनिक भएको उल्लेख गर्दै उनले भनिन्, ‘तर संस्थागत विद्यालयले बेवास्ता गरेकाले वेबसाइटमा फेरि सूचना जारी गर्नुपरेको हो ।’ सरकार र निजीक्षेत्रका कक्षा १२ सम्म पढाउने विद्यालयलाई यो सूचना लागू हुने उनले जानकारी दिइन् ।

लामो समय बिदा हुँदा विद्यार्थी र अभिभावकलाई फलदायी नहुने अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । ‘कुनै पनि स्थानीय सरकारले लामो बिदा दिनुहुँदैन, यसले कामकाजी बाबुआमालाई मर्का पर्छ,’ भण्डारीले भने, ‘त्यसको सट्टा पाठ्यक्रम पाठ्यपुस्तक, परीक्षा, शैक्षिक गुणस्तर कायम गर्न ध्यान दिन जरुरी छ । लामो बिदा दिने हो भने संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्छ । एकलौटी बिदा दिनु मनासिब होइन ।’ पहिलो पटक महानगरपालिकाले दसैंरतिहारको बीचमा समेत बिदा गर्न भनेको विषय अनौठो लागेको नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । ‘हुन त यसअघि पनि कतिपय स्कुलले पूरै बिदा दिने गरेका छन्,’ उनले भने, ‘तर यसरी स्थानीय सरकारले नै बिदा दिन उर्दी जारी गर्दा अप्ठ्यारोमा परेका छौं । बिदा भने पनि विद्यार्थी शुल्क असुल्छौं । यसले अभिभावकलाई अप्ठ्यारो पनि पर्न जान्छ ।’ महानगरकी शिक्षा अधिकारी केसीले भने विद्यालयको छाता संस्थाको सहमतिमै क्यालेन्डर बनाइएको र कुनै विद्यालयले बीचमा पढाउन चाहे अवरोध नहुने प्रतिक्रिया दिइन्।

२०७६ असोज १४ गते १०:११ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: