A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session44b1og7lq3mh06egknkffssmcs8oumd0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीलाई जबर्जस्ती जुलुसमा

नेत्रविक्रम चन्द समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जबर्जस्ती प्रदर्शनमा सहभागी गराएको छ । भारतले अतिक्रमण गरेको भूमि कालापानीलगायत फिर्ताका लागि दबाब दिन भन्दै क्रान्तिकारीले आइतबार प्रदर्शन गरेको थियो । रोपकार मावि भीमसेनस्थान, मदन स्मारक मावि पुल्चोक, पद्मोदय मावि प्रदर्शनीमार्ग, बाल उद्धार मावि कपन, जुद्धोदय मावि ठमेल र सरस्वती मावि कोटेश्वरका विद्यार्थीलाई समूहका कार्यकर्ताले प्रदर्शनीमा सहभागी गराएका हुन् । प्रदर्शनीमा अन्य विद्यालयका विद्यार्थी पनि आएका थिए । प्रदर्शनमा राजधानीका ६ भन्दा बढी विद्यालयका सयौं विद्यार्थीलाई पोसाकमै सहभागी गराइएको थियो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी ४३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै समूहका कार्यकर्ता रहेको प्रहरीले जानकारी दिएको छ ।अपरिचित युवा आएर प्रदर्शनमा जानैपर्छ भनेपछि विद्यार्थीलाई रोक्न नसकिएको एक प्रधानाध्यापकले बताए । ‘सुरुमा रोक्दै थियौं, हामी विप्लवको समूहबाट आएका हौं, आज हाम्रो जुलुस छ भनेपछि प्रतिवाद गर्न सकेनौं,’ उनले भने । विद्यालयमा आएर कालापानीको आन्दोलनमा जानुपर्‍यो भनेपछि आएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताइन् । ‘अनिवार्य जानुपर्छ भनेपछि साथीहरूले पनि जाऊँजाऊँ भने, त्यसैले आएँ,’ उनले भनिन् । कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई प्रदर्शनमा सहभागी गराउन लगेपछि आइतबार विद्यालयमा पढाइ प्रभावित बन्यो । विद्यालय शान्ति क्षेत्र निर्देशिकामा विद्यार्थीलाई राजनीतिक गतिविधिमा सहभागी गराउन नपाइने व्यवस्था छ । विद्यार्थीलाई जबर्जस्ती प्रदर्शनमा सहभागी गराइनु दुःखद रहेको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । ‘स्कुलका विद्यार्थीलाई पढ्नेबाहेक अरू काममा संलग्न गराउन पाइन्न,’ उनले भने, ‘राजनीतिक दलहरूले यी कुरा नबुझ्दा पटकपटक बालबालिका समस्यामा पर्ने गरेका छन् ।’प्रतिबन्धित चन्द समूहले प्रदर्शनका नाममा विद्यालयमा अध्ययनरत बालबालिकालाई जबर्जस्ती सडकमा ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जनाए । पक्राउ परेकालाई सिंहदबार र नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको उनले बताए ।

२०७६ कात्तिक २५ गते ७:५४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: