A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session165l9vbcss45hccqpmfh06jl7m66115b): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

एउटै कोठामा पाँचवटा कक्षा

एउटा कोठामा कतिवटा कक्षा हुन्छन् रु पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो । एउटा कोठामा कतिवटा कक्षा हुन्छन् रु पूर्वाधारको अवस्थाअनुसार उत्तर फरक फरक आउन सक्छ । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका कक्षा सञ्चालनमा छ । यहाँ १७ वर्षदेखि रहेको सुस्तश्रवण स्रोत कक्षालाई यसरी चलाउने गरिएको हो । भौतिक पूर्वाधार, शिक्षक र शैक्षिक सामग्री अभावमा यस्तो भएको विद्यालयले जनाएको छ । कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य छन् । एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थी राखेर पठनपाठन गराउँदा सिकाइ क्रियाकलाप प्रभावकारी बन्न सकेको छैन । विद्यालयमा स्रोत शिक्षिका शान्ता केसी मात्र कार्यरत छिन् । ‘यति धेरै कक्षामा विद्यार्थी एउटै कोठमा बसाउनुपर्दा सिकाइको स्तर बढेको छैन,’ उनले भनिन्, ‘न पूर्वाधार छ न पर्याप्त पाठ्यसामाग्री । मुस्किलले कक्षा चलेको छ ।’ शैक्षिक सामग्रीसमेत पर्याप्त नहुँदा सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन नसकेको उनले बताइन । ‘हाम्रो स्कुलमा कक्षाकोठा र शिक्षक अभाव भएको धेरै भयो,’ उनले भनिन्, ‘साधारणतर्फको पढाइ छुट्टै हुने गरे पनि स्रोतकक्षा एउटै कोठामा सञ्चालन गरिरहेका छौं ।’प्रधानाध्यापक जितबहादुर भण्डारीका अनुसार स्रोत कक्षामा ११ छात्र र चार छात्रा गरी १५ विद्यार्थीले अध्ययन गरिरहेका छन् । ‘थोरै विद्यार्थी भएकाले पनि एउटै कोठामा राखेर पढाउने गरिएको हो,’ उनले भने । २०५९ सालदेखि विद्यालयमा सांकेतिक भाषा कक्षा सञ्चालनमा छ । १० जना विद्यार्थीको कोटा भए पनि थप पाँच विद्यार्थीलाई भर्ना गरिएको उनले बताए । ‘सांकेतिक भाषामार्फत अध्यापन गर्ने शिक्षिकाको व्यवस्था भएपछि केही सजिलो भएको छ,’ उनले भने, ‘सांकेतिक भाषामा अध्यापन गराउने शिक्षक नहुँदा केही वर्ष स्रोत कक्षा चलाउन सकेका थिएनौं ।’ बिस्तारै पूर्वाधार थप्दै लैजाने योजना रहेको उनले बताए । गाउँपालिकाले सहयोग गरेपछि यो वर्षदेखि विद्यालयका सबै कक्षामा स्मार्ट टिभी राखिएको छ । त्यसमार्फत पनि पठनपाठन भइरहेको छ । जिल्लाका अन्य विद्यालयमा सञ्चालन गरिएका स्रोत कक्षाको पठनपाठनसमेत प्रभावकारी बन्न सकेको छैन । शिवजन माविमा सञ्चालित दृष्टिविहीन कक्षाका विद्यार्थी ब्रेल लिपीबाट वञ्चित छन् । अरू विद्यार्थीसँगै अपांगता भएका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता भएको शिक्षक राजेश अर्यालले बताए । ‘दृष्टिविहीन विद्यार्थीले नबुझ्दा एउटै कुरा पटकपटक दोहर्‍याउनुपर्छ,’ उनले भने, ‘ब्रेल लिपीमार्फत पठनपाठन नहुँदा विद्यार्थीलाई सास्ती छ ।’ उनका अनुसार विद्यालयमा १९ दृष्टिविहीन विद्यार्थी छन् । जिल्लामा १७ वर्षदेखि स्रोत कक्षा सञ्चालन भइरहे पनि सरकारले पर्याप्त जनशक्ति र पूर्वाधारका योजना नदिएको गुनासो शिक्षकहरूको छ।

२०७६ कात्तिक २४ गते ९:२८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: