A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कपाल मुण्डन गरी विद्यार्थीलाई सजाय

गोदावरी नगरपालिका डुकुछाप-८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक(पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ। जथाभावी कपाल काटिदिएपछि केही बालक मानसिक तनावमा परेको र विद्यालय जान नमानेको अभिभावकले जनाएका छन्। घटनामा प्रधानाध्यापक बद्री पौडेल, शिक्षक राजु अधिकारी, ध्रुव पोखरेल (निजी स्रोतका शिक्षक)लगायत संलग्न थिए। उनीहरूले बालबालिकासामु आइतबार सामूहिक माफी मागेर घटना साम्य बनाउने प्रयास गरेका छन्। गोदावरी नगरपालिकाले उक्त घटनाबारे शिक्षक र विद्यार्थीबाट स्पष्टीकरण माग्ने भनेको थियो। विवाद उचाल्न नहुने भन्दै मिलापत्र गरेको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी दिए। प्रधानाध्यापकलाई उद्धृत गर्दै उनले भने, ‘हामीले थोरै मात्र काटेका हौं, विद्यार्थी आफैंले थपेका हुन्।’तर, कपाल मुण्डनमा परेका बालक विवश घिमिरेका बुवा तथा वडासचिव मुकुन्दले विद्यालयले ज्यादती गरेको भन्दै आक्रोश पोखे। उक्त घटनापछि ९ कक्षामा अध्ययनरत छोरा मानसिक तनावमा रहेको बताए। विद्यालयले जताततै मुण्डन गरिदिएपछि उनका छोरा विवशले घरमा ढोका, झ्याल बन्द गरेर ब्लेडले आफंै कपाल ताछ्न थालेका थिए। ‘कसैगरी पनि ढोका खोलेन’ घिमिरेले भने ‘त्यसपछि भेन्टिलेटरबाट हात छिराएर झ्याल खोल्न सफल भयांै।’ उक्त घटनाले आफूलाई पनि तनाब दिएको उनले बताए। छोरालाई उद्धृत गर्दै उनले भने, ‘उक्त घटनापछि छोरो पढ्दिनँ भन्छ।’विद्यार्थी अनुशासनबाहिर रहेको कुरा अभिभावकलाई जानकारी नगराएको उनको भनाइ छ। उनले भने, ‘विद्यालयले अहिलेसम्म अभिभावकलाई कुनै छलफलमा बोलाएको छैन।’सामूहिक मुण्डनमा पर्नेमा कक्षा ८ का शीतल थिङ, सुमन भ्लोन, सरोज जिसी, अमित दनुवार, सुदीप दनुवार छन्। कक्षा ९ का सन्दीप दनुवार, विवश घिमिरे र विवेक न्यौपाने छन्। त्यस्तै, कक्षा १० का करुण दनुवार, सञ्जीव दनुवार, सचिन दनुवार र विधान थिङ छन्। घिमिरेबाहेक अन्य बालबालिकाका अभिभावक बोल्न सक्ने अवस्थामा छैनन्। बालबालिकालाई त्रास देखाएर यस्तो हर्कत गरिदिएको अन्य अभिभावकले बताएका छन्। मुण्डनमा पर्ने बालकका अनुसार विद्यालयमा उनीहरूलाई ट्र्याक सुट दिने भनेर बोलाएको थियो। त्यही मौकामा कपाल मुण्डन गरेको बताए। शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्रप्रसाद बरालले शिक्षा ऐनअनुसार बालबालिकालाई यस्ता खालका ज्यादती गर्न नमिल्ने बताए। यस्ता कामकारबाही हेर्ने अधिकार स्थानीय तहलाई दिइएको छ।बरालले भने, ‘यस्ता खालका जरिवाना नगर्नुपर्ने हो। बालबालिका अराजक बने भन्दैमा भौतिक कारबाही गर्न मिल्दैन।’ बरु बालबालिकालाई मानसिक परामर्श दिनुपर्ने उनको सुझाव छ। ‘पटक-पटक सुझाव दिनुपर्छ तर त्यस्तो गर्नु गलत हो।’ गुरुले असल बाटोमा ल्याउन यस्तो कार्य गरे पनि बच्चासँग यस्तो व्यवहार गर्नु मूर्खता रहेको उनले बताए।उक्त विद्यालयमा मुस्किलले सय विद्यार्थी र १३ जना शिक्षक छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्यमा ध्यान नदिएको, ११ बजे विद्यालय आएर २ बजे जाने गरेको शिक्षकको आरोप छ। तर, दरबन्दी मिलानको अधिकार स्थानीय तहलाई भएकाले उनीहरूले जानकारी गराउनुपर्ने बरालको भनाइ छ। बिहीबारको घटनामा अबदेखि अभिभावक निरन्तर विद्यालयमा जाने, बालबालिका आफ्नो अनुशासनमा बस्ने र शिक्षकले पनि यस्ता खालका कारबाही नगर्ने सहमति भएको छ। यद्यपि, बालबालिकामा एकप्रकारको त्रास उत्पन्न भएको स्थानीयले बताए।

२०७६ कात्तिक २६ गते ८:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: