समाचारमा बालबालिका

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालिका बलात्कार गरेको आरोपमा मंगलबार एकजनालाई पक्राउ गरेको छ ।१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाबाट प्रहरीले एकजना पक्राउ गरेको हो। जबर्जस्ती करणीको आरोपमा पक्राउ पर्नेमा कैलाश गाउँपालिका-२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उनका अनुसार प्रजामाथि सात दिनको म्याद अदालतबाट थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

२०७६ कात्तिक २६ गते ६:२१ मा प्रकाशित