A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhmom568gq5q67ubcktn72qcj6k72j6eu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१५ वर्षीया बालिकालाई युवती बनाउन सुई र औषधि प्रयोग

मानव बेचबिखन अनुसन्धान ब्यूरोले २७ कात्तिकमा उक्त घटनाबारे विवरण सार्वजनिक गर्दै नेपाली बालिकाहरुलाई भारतका विभिन्न स्थानमा लगेर बिक्री गर्ने क्रममा सुई र अन्य औषधिहरु प्रयोग गरेर युवती बनाउने गरिएको खुल्न आएको हो । बेचबिखनको काममा संलग्न भएको अभियोगमा ब्यूरोले नुवाकोट सुर्यगढी–६ का कान्छिमाया तामाङ भनिने कृष्णमाया लामालाई पक्राउ गरेको छ ।ब्यूरोका अनुसार लामाले २०७६ माघमा आफ्नै नातेदार पर्ने तर कमजोर आर्थिक अवस्था भएकी १५ वर्षे बालिकालाई दिल्ली पुर्‍याएर बेचबिखन गरेकी थिइन् । उनले गाउँमा काम लगाउने भन्दै काठमाडौंको एक होटलमा काम गरिरहेकी ती बालिकालाई त्यहाँबाट छुटाइन् । उनलाई घर जाने भनेर बसमा चढाएर वान्ता नहुने औषधि भन्दै लामाले पटक–पटक लठ्याउने औषधि खुवाएर बेहोस् बनाइन् ।उनले ती बालिकालाई बेहोस बनाएपछि दलालले भारतको मधुन भन्ने ठाउँमा पु¥याए । त्यहाँ पुगेपछि उनको होस् आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।उनलाई दलालले रु। १० हजार भारतीय रुपैँयामा मधुनमा कोठी सञ्चालन गरि बसेका लक्ष्मी र हेमालाई बुझाएका थिए ।ती बालिकालाई कोठी सञ्चालकले युवती बनाउन एक महिनासम्म कोठामा बन्धक बनाएर सुई र औषधि प्रयोग गरेका थिए ।एक महिनापछि उनलाई भारतको नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष, कोठी नं. नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखेर यौन धन्दामा लगाइएको खुलेको छ । त्यसै क्रममा एक नेपाली ग्राहकलाई ती बालिकालाई आफ्नो समस्या राखेपछि उनलाई त्यहाँबाट निकालेर माइती नेपालको नेपालगञ्ज शाखा कार्यालयबाट उद्धार गरियो ।अहिले २१ वर्ष पुगेकी उनले उद्धारपछि प्रहरीलाई जाहेरी दिएपछि बेचबिखनमा संलग्न कृष्णमाया लामा पक्राउ परेकी हुन् । ब्यूरोका अनुसार फरार अभियुक्त नुवाकोट–६ का ४२ वर्षीया शेरबहादुर लामाको खोजी भइरहेको छ।

२०७६ कात्तिक २७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: