A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni1u56ioqlu0sijnm8bb9mksl0utlhvjj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरकै खाजा, कति मज्जा

बिहान गेट खुलेलगत्तै विद्यार्थी विद्यालय प्रवेश गर्न सुरु गर्छन्। तामाकोसी सदनका १० कक्षामा पढ्ने एक हुल विद्यार्थी गेटमा बसेर हाताभित्र प्रवेश गर्नेहरूको झोलामा ल्याइएको खाजा निरीक्षण गर्दै छन्। ‘जंक फुड’ हुनेहरूको सामान गेटमै जफत हुन्छ र घरमा पकाइएको ताजा खानेकुराले मात्र विद्यालयमा प्रवेश पाउँछ। भीमेश्वर नगरपालिका–२ सुनटोपरस्थित दोलखाकै तेस्रो पुरानो भीम माध्यमिक विद्यालयमा अचेल दैनिक यस्तो दृश्य देख्न पाइन्छ। विद्यार्थी आफैले विद्यालयमा ‘जंक फुड’ निषेध गर्न सुरु गरेका छन्। स्वस्थकर खानेकुरा मात्र खाने बानी बसाल्न र आफ्ना बालबच्चालाई चाउचाउ, बिस्कुटजस्ता अस्वस्थकर खानेकुरामा पैसा नफाल्नु भनेर घरमा अभिभावकलाई समेत विद्यार्थीमार्फत नै सम्झाइबुझाई गरेर सहमत गराउने अभियान विद्यालयमा चलेको छ। जंक फुडमुक्त विद्यालय बनाउने अभियानसँगै विद्यार्थीले घरमै पकाइएको खिर, रोटी, हलुवा, फलफूल, मकैभटमास, चाम्रे, अम्लेटजस्ता ताजा खानेकुरा मात्र विद्यालयमा खाजाका रूपमा लिएर आउन थालेको प्रधानाध्यापक सुन्दर खड्काले जानकारी दिए। ‘विद्यार्थी आफै उत्साहित भएर अभियानमा लागेपछि घरमै बनाएर ल्याइएको खाजा रमाइरमाई खान थालेका छन्,’ उनले भने, ‘हामीले समेत बालबालिकाको यो अभियानलाई प्रोत्साहन गरेका छौं। प्रधानाध्यापक खड्काका अनुसार १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई सरकारी कार्यक्रमअनुसार विद्यालयमै खाजा खुवाइन्छ। ६ देखि १० कक्षासम्मका विद्यार्थी भने घरबाट आफैले खाजा बनाएर ल्याउने वा चमेना गृहमा खाजा खाने गर्छन्। विद्यालयले चमेना गृहमासमेत चाउचाउ, बिस्कुट, कुरमुरेजस्ता जंक फुड निषेध गरेको छ। ‘हामीकहाँ प्रायः विद्यार्थीले घरबाटै खाजा बनाएर ल्याउन थालेका छन्,’ उनले भने, ‘यसले स्वस्थकर खानेकुरा खानुपर्ने रहेछ भन्ने सन्देश बालबालिकादेखि उनीहरूको घरपरिवारसम्म पु(याएको छ।’विद्यालयमा ६ देखि १० कक्षासम्म ६ ओटा सदन छन्। विभिन्न नदीका नामबाट नामकरण गरिएका सदनमा आबद्ध विद्यार्थी पालैपालो स्वस्थकर खानेकुरा मात्र खानेसम्बन्धी अभियानमा सामेल हुन्छन्। घरमै बनाइएका खानेकुरा दिउँसो विद्यालयमा खान पाउँदा विद्यार्थी दंग छन्। ‘आज आमाले हलुवा पकाइदिनुभएको थियो, त्यही खाएँ,’ कक्षा ८ का अनमोल सुनुवारले दंग पर्दै सुनाए। विद्यालयकी शिक्षिका अञ्जना सुवेदीका अनुसार स्वस्थकर खानेकुराले आफ्नो परिवारको आर्थिक भार कम भएको कुरा विद्यार्थीले विद्यालयमा सुनाउने गरेका छन्। ‘चाउचाउमा गर्ने खर्चले घरमा रोटी हालेर विद्यालय ल्याउनुपर्छ भनेर अभिभावकलाई समेत मनाउने स्थितिमा हाम्रा विद्यार्थी पुगेका छन्,’ उनले भनिन्। प्रायः अभिभावकले समेत अलिकति समय निकाल्न सके घरमै स्वस्थकर खाजा बनाएर पठाउन सकिने रहेछ भन्ने चेतना बढेको सुवेदीले जानकारी दिइन्। यस्तै यो विद्यालयमा विद्यार्थीको जन्मदिनमा चोकोफन र चक्लेटको सट्टा विद्यालय हाताभित्र एउटा फूलका बिरुवा रोप्ने अभियानसमेत चलाइएको छ। जन्मदिनमा रोपेको बिरुवामा तिनै विद्यार्थीको नाम लेखिने गरिन्छ।

२०७६ कात्तिक २६ गते ७:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: