समाचारमा बालबालिका

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सर्लाहीको बागमतिानगरपालिका–९ निर्माणचोकमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।  निर्माणचोक हुँदै सोल्टी बजार जाने क्रममा बा ३५ प ५५१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मंगलवार दिउँसो बागमति नगरपालिका–९ शंकरपुरका चैनकुमार रायका ८ वर्षीय छोरा शुसिल राय गम्भिर घाइते भई उपचारको लागि विरगञ्ज हेल्थ केयर विरगञ्जमा उपाचारकोे क्रममा मंगलवार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मोटरसाइकल चालक बागमति नगरपालिका–५का २५ वर्षीय सुजन खड्का र पछाडी सवार सोही ठाउँका ३० वर्षीय बिनोद तामाङ्ग घाइते भइ हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेका प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

२०७६ कात्तिक २७ गते प्रकाशित