A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionruhegnoo62nst55rntl5a27s4b3vc9ok): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अभिभावक र विद्यार्थी संगसंगै स्कुलमा

जुम्लाको सिँजा गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी र अभिभावक संगसंगै स्कुलमा पुग्छन्। भाँडगाउँ स्थित देउती आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावक एकसाथ विद्यालयमा आउन थालेपछि शिक्षक दंग पर्छन्। स्कुलमा त विद्यार्थी आउने हो तर अभिभावक किन आइराख्छन् भन्ने चासो शिक्षकमा भइरहन्छ। अभिभावक शिक्षकले विद्यार्थीको भविष्य माथि खेलवाड गर्न सक्ने भन्दै स्कुलमा जाने गरेको बताउँछन्। शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यार्थीसँगै अभिभावक पनि विद्यालय जाने गरेका हुन्। अभिभावक पनि सँगै विद्यालय जान थालेपछि बालबालिका नियमित छन्। शिक्षक पनि नियमित रुपमा आफ्नो कर्म गरिरहेका छन्। प्रध्यानाध्यापक मानवहादुर रावत भन्छन्, ‘अभिभावकको निरन्तरको निगरानीले विद्यालयमा गुणस्तरिय पठनपाठन भइरहेको छ। शिक्षकले ठग्न पाएका छैनन्। विद्यार्थीले भाग्न पाएका छैनन्।’विद्यालयमा उपस्थित नहुने र नियमित पठनपाठनमा ध्यान नदिने शिक्षकलाई अभिभावकले निगरानी गर्न थालेको प्रधानाध्यापक रावत बताउँछन्।  बिहान बालबालिकालाई लिएर विद्यालय १० बजे अभिभावक पुग्छन्। विद्यालय छुट्टी भएपछि मात्र विद्यार्थीसंगै घर फर्कन्छन्। शिक्षकको नियमित अनुगमन गर्न अभिभावकले निगरानी गर्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम रावत बताउँछन्। उनले भने, ‘विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन अभिभावकको चासो बढेको छ। शैक्षिक गुणस्तर पनि बढ्दै गएको छ। अभिभावकले शिक्षकको शिक्षण शैलीबारे समेत निगरानी राख्न थालेका छन्।’विद्यालयको पढाइ सुधारका लागि धेरै पहल भएपनि शिक्षकले बेवास्ता गरेपछि अभिभावक सचेत भएका हुन्। अभिभावकको निगरानी बढाएपछि पठन पाठनमा सुधार आउन थालेको छ। अभिभावक विद्यालयमा आउन थालेपछि बालबालिका समेत नियमित पठन पाठनमा सहभागी हुन थालेका छन्। पहिले विद्यालयमा पठनपाठन नहुने भन्दै विद्यार्थी घरायसी काममा गएको भेटिन्थ्ये। एक महिनादेखि अभिभावकले निगरानी बढाउन थालेका हुन्। शिक्षकलाइ आफ्नो जिम्मेवारी पुरा गर्न दबाव मिलेको छ। विद्यार्थीलाइ पठनपाठनमा उर्जा थपिएको छ। अभिभावकले शिक्षकसँगै आफ्ना बालबालिकाको पनि निगरानी गरिरहेका छन्, प्रधानाध्यापक रावत भन्छन्, विद्यालयमा नआउने, विद्यालयबाट भाग्ने र पठन पाठनमा ध्यान नदिने बालबालिका समेत सुध्रिँदै गएका छन्। यो निकै सकरात्मक पक्ष हो। कक्षा ८ सम्म सञ्चालित विद्यालयमा २ सय ५० विद्यार्थीले अध्ययन गर्दै आएका छन्। विद्यालयले बालविकास केन्द्रमा प्रारम्भिक साक्षरता तथा गणितीय सीप विकासमा जोड दिइएको छ। विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन, शिक्षकलाई तालिम र शिक्षक तथा विद्यार्थीको सहयोगमा विद्यालयको सुशासन कायम गराउन विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। शैक्षिक स्तर सुधारका लागि अभिभावक र शिक्षक कर्मचारी निकै जिम्मेवारी पुर्वक लागेकोमा स्थानीय खुसी ब्यक्त गर्छन्। सदरमुकाम खलंगा भन्दा निकै टाढा भएकाले यो विद्यालयमा सरकारी नजर पुग्दैन्। सिँजा गाउँपालिकाले प्रत्येक विद्यालयमा विद्युतिय हाजिरी र सिसि क्यामरा जडान गरिदिएको छ। विद्यालयमा डिजिटल प्रविधिको प्रयोगले पनि गुणस्तरिय शिक्षामा टेवा पुगेको स्थानीय बताउँछन्।

२०७६ कात्तिक २० गते ११:४८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: