A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कृत बालिकाको गर्भपतन, मन्त्रीले भेटिन पीडित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा अछामकी १२ वर्षीया बालिका भेट्न थापाथलीस्थित प्रसूतिगृह पुगेकी छन्। अविवाहित बालिका पाँच महिनाकी गर्भवती थिइन्। बौद्धिक अपांगसमेत रहेकी बालिकाको शुक्रबार गर्भपतन गरिएको छ। भर्खरै गर्भपात गराएकी बालिका तंग्रिन बाँकी छ। उनी हाँस्छिन् र भेट्न आएकाको कुरा सुनिरहन्छिन्। जंगलमा खेल्न जाँदा गत महिना उनलाई कुकुरले टोकेको थियो। उपचारका लागि गाउँलेले नजिकैको बयलगाडा अस्पताल पुर्‍याए। रेबिजको सुई तीन दिन लगाएपछि उनको पेट सुनिन थाल्यो। पछि उनको स्वाथ्य जाँच गर्दा पाँच महिनाको गर्भ रहेको पत्ता लाग्यो। बालिकाको बलात्कार भएको हुनसक्ने भन्दै उनैले पहिचान गराएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रसुती गृहमा रहेको लै®िक हिंसा सम्बन्धी एकद्वर संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० का निर्देशक प्राडा जागेश्वर गौतमले बालिका अहिले स्वस्थ रहेको जानकारी मन्त्री थापालाई दिएका छन्। ‘गर्भपात गराउँदा ज्यानको जोखिम हुने भए पनि बालिकाको हकमा त्यस्तो भएन उनको स्वास्थ्य ठीक छ,’ उनले भने। बालिकाको स्वास्थ्य अवस्था हेरेपछि मन्त्री थापाले बालिकालाई पुनस्र्थापित गर्न र उपचारमा लाग्ने खर्च मन्त्रालयले नै बेहोर्ने बताइन्। ‘बालिका पूर्ण स्वस्थ्य हुन लाग्ने खर्च र उनलाई कसको जिम्मा लगाउने भन्ने विषयमा हामी छलफल गर्दैछौं’ मन्त्री थापाले भनिन्।

पीडित बालिकाका आमा बुबा पनि बौद्धिक अपांग छन्। थप उपचार र हेरचाहको लागि आशा नेपाल गोदावरी नामक संस्थाले उनलाई आ श्रय दिने भएको छ। आइतबार प्रसूतिगृहसँग र सम्बन्धित मन्त्रालयको अनुमति लिएर बालिकालाई आशा नेपालको जिम्मा लगाइएको इन्चार्ज सुकुमाया लामाले बताइन्। बालिकाका ठूलोबुबा कृष्णबहादुर बोहराको आर्थिक अवस्था निकै कमजोर छ। ‘काठमाडौंसम्म आउन गाउँको वडा कार्यालयले दिएको २० हजार पनि सकिइसकेको छ,’ उनी भन्छन्, ‘नानीको थप उपचार गराउन हामी सक्दैनौं। सम्भव भए उनलाई कसैको जिम्मा लगाउन चाहन्छौं।’ पीडित बालिका बौद्धिक अपांग भएकीले गाउँको स्कुलमा पढ्न सकिनन्। पढ्ने वातावरण पनि कसैले मिलाइ दिएन। उनलाई स्कुल भर्ना गर्न चाहेको समेत बोहराले बताए। प्रसूतिगृहमा वार्षिक ३० हजार गर्भवती भर्ना हुन्छन्। डेलिभरी नै २२ हजार हुन्छ। लैंगिक हिंसाबाट गर्भवती भएका मात्र प्रसूतिगृहमा वार्षिक ४० जनाको हाराहारीमा आउने गरेका छन्।अपराध अनुसन्धान विभागअन्तर्गत महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा घरेलु हिंसा पछि सबैभन्दा बढी जबर्जस्ती करणको संख्या बढी छ। ०७४/७५ मा जबर्जस्ती करणीको संख्या १ हजार ४ सय ५३ छ। विभागको तथ्यांकअनुसार जबर्जस्ती करणीमा महिला तथा बालिका परेका छन्। ११ वर्षदेखि १६ वर्ष उमेर समूहका पीडित ५ सय ९० छन्। सातै प्रदेश र उपत्यकाको पीडितको तथ्यांक हेर्ने हो भने बालिका ८ सय ५१ र महिला ६ सय १२ छन्। जसमा प्रदेश १ बाट सबैभन्दा धेरै २ सय २१ बालिका र १ सय ६३ महिला पीडित छन्।

२०७६ कात्तिक २५ गते ९:४४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: