A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

परीक्षामा फेल भएको भन्दै शिक्षकले कुट्दा १४ वर्षीया छात्रा घाइते

विराटनगरमा एक निजी स्कुलका शिक्षकले सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि निर्घात कुटपिट गरेका छन् ।  विराटनगर महानगरपालिका ४ राजवंशी चोकमा रहेमा अर्पण स्कुल शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययनरत बूढीगंगा गाउँपालिका २ टंकीसिनवारी घर भएकी रोश्नी भण्डारीलाई पाइपले कुटपिट गरेका हुन् । स्कुलका सञ्चालक समेत रहेका बस्नेतको कुटाईबाट उनको शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको छ । स्कुलले लिएको दोस्रो त्रैमासिक परीक्षामा अनउत्तिर्ण भएको र पढ्नलाई नियमित स्कुल नआउने भन्दै सोमबार दिउँसो छात्रामाथि कुटपिट भएको विद्यार्थीले बताए।स्कुलको मैदानमा लगेर पाइपले निर्घात कुटपिट गरेको रोश्नीले बताइन् । रुँदै उनले भनिन्, स्कुलले लिएको विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै मलाई सरले कक्षा कोठादेखि बाहिर निकालेर कुट्नु भयो । कुटपिटबाट शरीरको पछाडि कम्मर मुनीको भागमा चोट लागेको आमा पुष्पाले जानकारी दिइन् । बस्न र सुत्नसम्म नहुने गरी छोरीमाथि शिक्षकले कुटपिट गरेको उनको आरोप छ । त्यही पीडाले रातभरी छोरी नसुतेको पुष्पाले बताइन् । ुस्कुलबाट आएर छोरीले घटनाका बारेमा कोही कसैलाई पनि सुनाइनन्,ु उनले भनिन्, ुराति दुखेर सुत्न नसकेपछि रुन थालेपछि हामीले के भएछ भनेर सोधीखोजी गर्दा थाहा भयो । हेर्दा पछाडि पट्टी कम्मर मुनीको भागमा निलडाम र चोट रहेको उनको भनाइ छ । स्कुलका विद्यार्थीले यसअघि पनि शिक्षक बस्नेतले विभिन्न बहानामा पटक(पटक विद्यार्थीमाथि कुटपिट गर्ने गरेको आरोप लगाएका छन् । स्कुलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपिट भएको स्वीकार गर्दै भने, नियमित स्कुल नआएपछि रिसको झोकमा तर्साउनका लागि शिक्षकले कुटपिट गरेको पाइयो । यसरी कुटपिट नगर्न सबै शिक्षकलाई भनिसकिएको छ । पीडितका आफन्तले निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटबाट घाइते बालिकाको स्वास्थ्य परीक्षण र उपचार कोसी अस्पतालमा गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनाका बारेमा जानकारी रहेको बताउँदै कोही कसैले जाहेरी दिएमा दर्ता गरेर छात्रालाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही अघि बढाइने जानकारी दिए ।

२०७६ कात्तिक २७ गते ११:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: