A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionou5tf27scidajdq5tqjba8gtpdfj2g13): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

३ सय विद्यार्थीका लागि २ शिक्षक

अति विपन्न र दलित परिवारका ३ सय बढी बालबालिका अध्ययनरत महोत्तरीको मधवा विद्यालय मात्र २ शिक्षकको भरमा सञ्चालित छ। मनरा सिसवा नगरपालिका १० मधवा गाउँमा सञ्चालित हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय नेपालकै पुरानो शैक्षिक संस्था मध्येको एक हो। २०१० सालमा सरकारी मान्यता पाए पनि विद्यालय भने सय वर्षभन्दा पहिल्यै स्थापना भएको दाता परिवारको दाबी छ। तर सरोकारवालाको ध्यान पुग्न नसक्दा विद्यालयको अवस्था दयनीय बन्दै गएको छ। बालविकासदेखि कक्षा ५ सम्म अध्ययनका लागि यस क्षेत्रका मुसहर, चमार, डोम, हलखोर, मुस्लिम र अति विपन्न परिवारका बालबालिकाको एकमात्र शैक्षिक थलो मधवा हो। शिक्षक अभावका कारण बालबालिकालाई सम्हाल्न र अध्ययन अध्यापनमा निकै कठिनाइ रहेको प्राध्यापक तीर्थनाथ झा बताउँछन्। ‘हामी दुई शिक्षकले नै विद्यालयको सम्पूर्ण अभिभारा बोक्नु परेको छ’, प्रअ झा भन्छन्, ‘शिक्षक पठाउन सम्बन्धित कार्यालयलाई पटक पटक अनुरोध गरे पनि कुनै सुनवाइ भएन।’ दलित र विपन्न परिवारका बालबालिका पढ्ने हुनाले कसैले पनि विद्यालयतर्फ ध्यान नदिएको शिक्षक रामयादव राउतले बताए। उनले भने, ‘बालबालिकालाई पढाउनुभन्दा पनि घेरेर राख्ने गरिएको छौं।’बालविकासमा एक महिला शिक्षिका बबिता पाण्डे छन्। तर बालविकासमा पनि चाप निकै बढी रहेकाले पढाउन गाह्रो भएको उनी बताउँछिन्। ‘यहाँ शिक्षक दरबन्दी पनि छैन’, उनले भने, ‘हामीले जिल्ला शिक्षा समन्वय समिति र स्थानीय जनप्रतिनिधिलाई पनि शिक्षक दिन गुहा¥यौं तर थप शिक्षक आउँदैनन्।

चार वर्ष एउटा कक्षाकोठा

२०१० सालमा अनुमति प्राप्त मधवा विद्यालय २५ वर्ष पुरानो एक कोठामा पछिल्लो चार वर्षसम्म सञ्चालित थियो। चार वर्षअगाडि तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुईटा कक्षा थप गरियो। त्यसमध्ये एउटा कोठा प्रायः बन्दै हुन्छ। विद्यालय प्रयोजनका लागि खरिद गरिएका निर्माण सामग्री एउटा कोठामा थन्क्याइएको हुन्छ। दुईवटा कोठामै ३ सय जति विद्यार्थीलाई अटाउन निकै समस्या रहेको शिक्षक बताउँछन्। २०६९ सालमा असमान नेपालले विद्यालयको जर्जर अवस्था हेरेर दुई कोठाको भवन निर्माण सुरु गरेको थियो। तर भवन बनाउँदा २५ प्रतिशत अनुदान स्थानीय स्तरबाट सहयोग गर्नुपर्ने थियो। स्थानीय स्तरबाट सहयोग नहुँदा भवनको काम बीचमै रोकियो। गत आर्थिक वर्षमा प्रदेश सरकारले विद्यालयमा दुई कोठे भवन निर्माणको काम सुरु ग¥यो। तर निर्माण सुरु भए पनि रकम निकासा नहुँदा काम अड्केको छ।

२०७६ कात्तिक २४ गते १०:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: