A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionm4tmdmseu3gm46dfcet7aqb6h9n9f6ld): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालक छुटाउन प्रहरीले अपहरणकारीलाई गोली हान्यो

वीरगन्जमा प्रहरीले अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरेको छ । वीरगन्ज महानगरपालिका २५ सिर्सिया घर भइ हाल काभ्रेको बनेपामा बस्दै आएका अमजद खानका १४ वर्षीय छोरा कात्तिक १० गते बनेपबाट वीरगन्ज घर आउने क्रममा अपहरणमा परेका थिए। अपहरणकारीलाई फिरौति रकम बुझाउन जाँदा प्रहरीले गोली हानी नियन्त्रणमा लिएपछि बालकको उद्दार गरिएको हो।गोली हानेर नियन्त्रणमा लिइएका दासले दिएको बयानका आधारमा अपहरित बालककलाई भारतीय प्रहरीको सहयोगमा सीमावर्ती भारतीय गाउँबाट सकुशल उद्धार गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। अपहरीत बालकका बुवा अमजदले अपहरणकारीले मागेको फिरौती रकम लिएर नेपाल भारतको सीमा क्षेत्रमा पर्ने वीरगन्जको सिर्सिया खल्वाटोलमा बुधबार बिहान पुगेका बेला प्रहरीले अपहरणकारी मध्येका एकजनालाई गोली हानेर नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्साकै पोखरीया नगरपालिका ६ सोनवारीका २० वर्षीय राजकुमार दास रहेका छन्। उनको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । घाइते अपहरणकारी दासको वीरगन्जकै नारायणी उपक्षेत्रीय अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको जानकारी पनि उनले दिए ।  पक्राउ परेका अपहरणकारी दासको साथबाट नलकटुवा पेस्तोल एक थान , त्यसमा लाग्ने गोली ५ थान , मोबाइल १ थान , ब्लु टुथ एक थान र फिरौती माग्न आउँदा उनले प्रयोग गरेको बी आर २२ जे ०८०३ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । बालकको अपरहणमा संलग्न अरु दुईजना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । असुरक्षाका कारण उद्धार गरिका बालकको नाम र उद्धार गरिएको स्थानको नाम दुवै गोप्य राखिएको पनि प्रहरी उपरीक्षक राठौरले बताए।

यसरी गर्‍यो उद्धार

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया घर भएका अमजद खान , पेशाले सिकर्मी हुन् । उनी विगत २० वर्ष देखि काभ्रेको बनेपमा बस्दै आएका थिए । बनेपामा रहेका बुबालाई भेटन गएका उनका १४ वर्षीय छोरा कात्तिक १० गते वीरगन्जस्थित घर फर्कने क्रममा उनलाई , अमजदसँगै बनेपामा बस्दै आएका दासले बाटोबाटै अपहरण गरेका थिए । अपहरणकारीले अपहरणमा परेका बालकको मोबाइल नम्बरबाटै बालकका बुवा अमजदलाइ फोन गरेर सुरुमा १५ लाख रुपैयाँ फिरौती मागेका थिए । अपहरण्कारीले फिरौतीको रकम नदिए बालकको हत्या गरी दिने धम्की पनि दिएका थिए । १५ लाख फिरौती बुझाउन आफू असमर्थ रहेको अमजदले बताएपछि अपहरणकारी १२ लाख रुपैयाँ लिएर अपहरित बालककलाई छाड्न सहमत भएका थिए । अहपरणकारीसँग फोनमा भएको कुराकानीका बारेमा प्रहरीलाई जानकारी गराएका बालकका बुवा अमजद , फिरौती रकम लिएर अपहरणकारीले बेलाएको स्थानमा बुधबार बिहान १ बजे तिर पुगेका थिए । त्यहि बेला भारतबाट मोटरसाइकलमा सवार भइ आएका अपहरणकारी समुहका दासले पेस्तोल देखाएर अमदजसँग रहेको रकमसहितको झोला खोसेर भाग्न थालेपछि प्रहरीले गोली हानेर उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

२०७६ कात्तिक २० गते १:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: