A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विवाह गर्न नागरिकता अनिवार्य

जिल्लामा विवाहका लागि जन्म दर्ता र नागरिकताको प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । विवाह गर्ने बर बधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्रको भएपछि मात्रै वैबाहिक कार्यक्रम अघि बढाइने निर्णय गरिएको हो । वैबाहिक बन्धनमा बाँधिने जोडीले कुनै सरकारी कार्यालय वा अन्य निकायमा जन्म दर्ताको प्रमाणपत्र र नागरिकता पेस गर्नुपर्ने भने होइन । विवाहमा संलग्न पण्डितलाई उक्त प्रमाणपत्र देखाउनुपर्ने निर्णय गरिएको छ । पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएपछि पण्डितहरू उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् । ‘बहुविवाहको समस्या विकराल बन्यो त्यसैले हामीले पनि विवाह गराउनुपूर्व केही न केही सामाजिक उत्तरदायित्व निर्वाह गरौं भनेर यस्तो निर्णय गरेका हौं,’ मुसीकोट नगरपालिका ३, का पुरोहित रामप्रसाद गौतमले भने, ‘अब हामी उमेर नपुगेका केटाकेटीको विवाह नगर्ने निर्णयमा पुगेका छौं ।’ स्थानीय सरकार, महिला समूह, बाल क्लब, विद्यार्थीका साथसाथै बाल विवाह न्यूनीकरणमा आफूहरू पनि लाग्ने गौतमको भनाइ छ । ‘बालविवाह न्यूनीकरणको अभियानमा अब हामीपनि एकबद्ध भएका छौं,’ उनले भने, ‘उमेर नपुगेको बिहेबारी हामीले पनि बहिष्कार गर्ने निर्णय गरेका हौं ।’बालविवाहको समस्या बढ्दै गएपछि जिल्ला प्रहरीले विवाह गराउने पण्डितसाग बालविवाह न्यूनीकरणका उपायका विषयमा छलफल गरेको थियो । छलफलमा सहभागी पण्डितले उमेर नपुगेको विवाह नगराउने र उमेर पुगेकै विवाह गर्नलाई बर–बधुको जन्मदर्ता र नागरिकता हेर्ने निर्णय भएको अर्का पण्डित झक्कुप्रसाद उपाध्यायले बताए । ‘हामी यसरी पनि सहयोग गर्न सक्छौं भनेर हामीले प्रहरीलाई भन्यौं,’ उपध्यायले भने, ‘हामीहरूले यति गर्दा बालविवाह न्युनीकरण हुन्छ भने किन अभियान नथाल्ने ?’उमेर नपुगेको विवाह गराउने पुरोहित, लमी, अभिभावकलाई तीन वर्षसम्म कैद र ३३ हजार नगद जरीवानाको व्यवस्था छ ।अभिभावकपछि बाल विवाह गराउने महत्त्वपूर्ण पात्र पण्डित भएकाले बालविवाह न्यूनीकरणमा पण्डितको सहयोग लिनेगरी छलफल गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए । ‘उहााहरू बालविवाह न्यूनीकरणको अभियानमा सकारात्मक हुनुहन्छ,’ डीएसपी खड्काले भने, ‘पण्डितले समेत उमेर पुगेरनपुगेको खोजेपछि बालविवाह न्यूनीकरण हुने विश्वास लिएका छौं ।’ बालविवाह न्यूनीकरण अभियान जिल्लाभर सञ्चालन गरिरहेको उनको भनाइ छ ।

२०७६ कात्तिक २३ गते ९:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: