समाचारमा बालबालिका

बिहेको उमेर नपुग्दै सन्तानको रहर पूरा

बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन्। बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन्। सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो। २१ लागेकी धामीका दुई सन्तान छन्। १६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छन्। ‘बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो। धेरै सन्तान जन्माएर कसरी हुर्काउनु रु’ निर्मलाले भनिन्, ‘दुई छोराछोरी भएपछि अब नजन्माउने सहमतिमा बन्ध्याकरण गरेका हौं ।’वसन्तीको १५ वर्षको उमेरमा ७ कक्षा पढ्दा बिहे भएको थियो । १६ वर्षमा पहिलो र १८ पुग्दा दोस्रो छोरा जन्मिएको हो । बिहेलगत्तै गर्भवती भएपछि उनले पढ्न पाइनन् । ‘१५ वर्षमा बिहे भयो, १८ वर्ष पुग्दा दुई छोरा जन्मिए, धेरै सन्तान नजन्माउने सोचले परिवार नियोजन गरेकी हुँ,’ वसन्तीले भनिन्, ‘पढेर जागिर गर्ने धोको अधुरै रह्यो । सरकारले २० वर्षमुनिको विवाह गैरकानुनी घोषणा गरे पनि यहाँ अझै कायम छ । मुलुककै ५औं बढी बालविवाह हुने बैतडीमा एक सर्वेक्षणका अनुसार ६० प्रतिशत किशोरीको १७ वर्ष नपुग्दै बिहे हुने गरेको छ । ‘बालिका दुलही हैनन्,’ नामक राष्ट्रिय अभियानले गरेको सर्वेक्षणमा ५९ दशमलव ४ प्रतिशत महिलाको १७ वर्ष नपुग्दै बिहे र १९ वर्षमै आमा बन्ने गरेको पाइएको थियो । २०७५ सम्म बालविवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखे पनि अवस्था चुनौतीपूर्ण छ । बढी सन्तान जन्माउँदा शारीरिक र आर्थिक बोझका साथै पारिवारिक समस्या हुने भएकाले स्थायी परिवार नियोजन गरेको उनीहरू बताउँछन् । ‘गाउँमा ३० वर्षमा ४र५ सन्तान जन्माएका महिला स्थायी बन्ध्याकरण गराउन आउँछन्,’ जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले भने, ‘१५र१६ वर्षमै बिहे र २० वर्षमा आमा बनिसकेका धेरै छन् ।’ उमेर नपुग्दै बिहे गर्ने र सन्तान जन्माउने परिवारका बालबालिकामा कुपोषण, रक्तअल्पतालगायत कारणले शारीरिक र मानसिक विकास प्रभावित हुने गरेको स्वास्थ्य कार्यालय प्रमुख डा। गुणराज अवस्थीले बताए । यस्तै समस्या छ, मकवानपुरका चेपाङ बालिकामा ।

हेटौंडा उपमहानगरपालिकासँग जोडिएको गाउँँपालिकाकी एक चेपाङ बालिका १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकेकी छन् । उनी चौथो जन्माउने तरखरमा छिन् । सत्र वर्षकी बालिका मकवानपुर मनहरी गाविस–४ मुसेधापको जंगलमा सानो त्रिपालमुनि सात महिनादेखि ५ वर्षसम्मका दुई छोरी र एक छोरा च्यापेर बसेकी छन् । ११ वर्षमा गाउँकै १६ वर्ष उमेरका केटासंँग विवाह गरेकी निशा चेपाङले १२ वर्षको उमेरमा जेठी छोरी जन्माइन् । उनका ५ र २ वर्षका छोरी छन् भने काखमा ७ महिने छोरा छ । उपमहानगरपालिकासँग जोडिएको गाउँपालिकाको चेपाङ बालिकाको अवस्थाभन्दा दुर्गम क्षेत्रका चेपाङ बाहुल्य रहेको गाउँपालिकाका बालिकाको अवस्था झन् कहालीलाग्दो छ । राक्सिराङ गाउँपालिका–७ काँकडाकी वृषामाया चेपाङ १५ वर्षमात्र टेकेकी छन् । तर उनी २ बच्चाका आमा बनिसकेकी छन् । १३ वर्ष नपुग्दै अभिभावकले उनलाई विवाह गरिदिए । विवाह गरेको ११ महिना बित्न नपाउँदै उनले छोरा जन्माइन् । अहिले उनका काखमा तीन महिने छोरी छिन् । कैलाश गाउँपालिका–भार्ता सर्सीका १७ वर्षीया चुनमाया चेपाङका पनि तीन बच्चा छन् । मकवानपुरको उत्तर पश्चिमी क्षेत्रका चेपाङ समुदायमा बालविवाह व्याप्त भएकाले १४र१५ वर्षमै आमा बन्ने गर्छन् । निशा, सेतीमाया, वृषमाया, चुनमाया चेपाङमात्र होइन ९० प्रतिशतभन्दा बढी चेपाङ महिलाहरू १४/१५ वर्षको उमेरमा नै आमा बन्ने गर्छन् ।

२०७४ पुस २० गते ६:३५ मा प्रकाशित