भ्यानको ठक्करबाट तीन महिने बालिकाको मृत्यु
भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बा १० च ४९ २९ नम्बरको भ्यानले ११ वर्षकी लक्ष्मी तामाङलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करले लक्ष्मीले बोकेकी ३ महिनाकी उनकी बहिनी खसेर घाइते भएकी थिइन् । तिनै बालिकाको उपचारका क्रममा सिद्धी स्मृति अस्पताल भक्तपुरमा ज्यान गएको हो ।
२०७४ पुस २० गते ७:३३ मा प्रकाशित