समाचारमा बालबालिका

चिसो बढेसँगै हुम्लाका विद्यालयहरू बन्द

हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै सामुदायिक तथा निजी सम्पूर्ण विद्यालयहरू बन्द भएका छन्। सरकारले उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै सामुदायिक तथा निजी सम्पूर्ण विद्यालयहरू बन्द भएका छन्। सरकारले उच्च हिमाली जिल्लाहरूका विद्यायालयहरूमा पुस १५ देखि ४५ दिने हिउँदे बिदा दिएको हो।  आगामी फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भए तापनि फागुन २ गते महाशिवरात्रि परेका कारण फागुन ३ गतेदेखि विद्यायालय खुल्ने मानसरोवर माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताए।  नयाँ शैक्षिक सत्र बैशाख १ गतेदेखि सुरु भए तापनि हिमाली जिल्लाहरूमा पुस र माघको महिना करिब ४५ दिन बिदा दिइएका कारण हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र फागुन १ गते देखि सुरु हुने भएको छ। शैक्षिक सत्र सकिएपछि हुम्लाका करिब १५० विद्यालयहरू बन्द भएका छन्। हुम्लामा १४४ वटा सामुदायिक विद्ययालय र छवटा निजी विद्यालयहरू रहेका छन्।

२०७४ पुस १८ गते प्रकाशित