A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भाइरलबाट एक बालकको मृत्यु

जुनीचाँदे गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीका कारण सोमबार एक बालकको मृत्यु भएको छ । मौसमी रुघाखोकीले जुनीचाँदे २, मौगानका रामबहादुर नेपालीका २ महिने छोरा भूपेन्द्रको मृत्यु भएको हो । स्थानीय मेडिकलमा उपचारका क्रममा भूपेन्द्रको ज्वरो, खोकी र श्वासप्रश्वास बन्द भई मृत्यु भएको हो । मौसमी रुघाखोकीबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । रामबहादुरका बुवा तेले, श्रीमती पवित्रा र छोरा भूपेन्द्र ३ दिन अघिदेखि मौसमी रघाखोकीबाट बिरामी परेको डा पवन शाक्यले बताए । मौसमी रुघाखोकीसँगै निमोनियाको कारण भूपेन्द्रको मृत्यु भएको अनुमान गरिएको शाक्यले बताए । रोग प्रभावित क्षेत्रमा पुगेर ३ दिनको अवधिमा रुघाखोकीका ८ सय बिरामीको उपचार भएको उनले बताए । उनले भने, ‘सोमबार मात्र ३ सय बिरामी सम्पर्कमा आएका थिए । जुनीचाँदेका घरघरमा रुघाखोकीका बिरामी भएको उनले बताए । उनका अनुसार एउटै परिवारमा ३र४ जनासम्म बिरामी परेका छन् । रुघाखोकीले वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको डा शाक्यले बताए । जुनीचाँदेमा फैलिएको भाइरल जटिल प्रकृतिको नभएको र रोग नियन्त्रणमा ल्याउन समस्या पनि नभएको उनले बताए । जाडोको कारण रुघाखोकी, ज्वरो आउने र घाँटी दुख्ने समस्याका बिरामी घरघरमै भएको उनले बताए । समयमा उपचार गर्नुका साथै बिरामीले चिसोबाट बच्ने, न्यानो कपडा लगाउने, सरसफाईमा ध्यान दिने, बिरामीलाई पृथकीकरण गर्ने र तातो खानेकुरा खुवाउने गरेमा भाइरल नियन्त्रणमा आउने उनको भनाइ छ ।जुनीचाँदेमा फैलिएको मौसमी रुघाखोकी नियन्त्रणका लागि डा। शाक्यको नेतृत्वमा स्वाथ्यकर्मी र नेपाली सेनाको टोली गाउँ गाउँमा पुगेको स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । जुनीचाँदेको १, २, ३, १० र ११ नम्बरमा बढी बिरामी रहेको नेपालीले बताए । भाइरल नियन्त्रणका लागि स्वास्थ्यकर्मी र औषधी तयारी अवस्थामा राखेको उनले बताए । जुनीचाँदेमा दुई साता अघिदेखि भाइरल फैलिएको थियो । जुनीचाँदेको जुनी, चाँदे, काप्रा, बडुले, कार्कीगाउ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, पराले, कोर्ताङ्ग, कल्ली, लगायत गाउँमा रुघाखोकी तथा ज्वरोका बिरामी रहेको प्रमुख नेपालीले बताए ।

२०७४ पुस २४ गते २१:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: