A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बच्चा र आमा नै कुपोषणको सिकार

सिरहा नगरपालिका माडरका राकेशकुमार दासकी १० महिने छोरी कृतिकुमारी दास कुपोषणले ग्रसित छिन्। गरिबीका कारण आमासँगै पोसिलो खाना खान नपाएका कारण कृति कडा कुपोषणको शिकार बनेकी हुन्। उनको उपचार माडरस्थित ओटीसी सेन्टरमा भइरहेको छ । कृति प्रतिनिधि पात्र मात्र हुन्, सिरहामा कुपोषणको अवस्था भयावह देखिएको छ। जिल्ला स्वास्थ्य प्रमुख डा। चुमनलाल दासका अनुसार २० हजार एक सय आठ बालबालिकाको स्वास्थ्य चाँच गर्दा सात सय २९ कडा र एक हजार ६ सय ६३ मध्यम कुपोषित फेला परेका छन्। यसमा पनि बालिकाको संख्या अधिक छ। चार सय ३२ बालिका कडा र नौ सय १२ मध्यम कुपोषित छन् । दुई हजार नौ सय ५८ गर्भवती र दुई हजार दुई सय ९५ दूध चुसाउने आमाको स्वास्थ्य चाँच गर्दा दुई सय ३८ जना कडा र एक हजार दुई सय ४३ जनामा मध्यम कुपोषण भेटिएको छ। बाढीबाट प्रभावित गाउँलाई लक्ष्य गरी सञ्चालन गरिएको चार शिविरमा चार सय ७५ बालबालिकाको स्वास्थ्य चाँज गर्दा १५ प्रतिशत कुपोषित भेटिएको दासले बताए। ‘१० प्रतिशतजति कुपोषित भेटिए राम्रो अवस्था होइन’, उनले भने, ‘१५ प्रतिशत भेटिए क्रिटिकल अवस्था जनाउँछ।’ कुपोषणको अवस्था भयावह देखिएकाले चिन्तित बनाएको उनको भनाइ छ ।

कुपोषणको अवस्था भयावह हुनुमा पोसिलो खाना अभाव, गरिबी, अशिक्षा कारक रहेको उनले बताए। सहरीभन्दा ग्रामीण भेगमा कुपोषित बालबालिका बढी छन्। पासवान, चमार, मुसहर, मुस्लिम, दास ९तत्मा०, मण्डल ९खत्वे०लगायत पिछडिएका समुदायका बालबालिका बढी कुपोषित बनेका छन्। कडा कुपोषित बालकाबालिकाको अवस्था नाजुक छ। स्वास्थ्यकर्मीका अनुसार कडा कुपोषणको अवस्थामा विभिन्न रोगका जीवाणुले आक्रमण गर्छन्। ‘कुपोषण ठूलो स्वास्थ्य समस्या हो। कुपोषण भएपछि स्वास्थ्य अवस्था कमजोर बन्छ’, उनले भने, ‘जसले गर्दा अन्य रोगसँग लड्ने क्षमता घट्छ र समयमा उपचार नपाए मृत्यु पनि हुन सक्छ।’ कुपोषित बालबालिकामा क्षयरोग, हृदयरोग, कलेजो तथा मिर्गौलासम्बन्धी खतरनाक रोग लाग्न सक्ने उनको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयले कडा कुपोषितको उपचारका लागि जिल्ला अस्पताल, मिर्चैया, लहान, कर्जन्हा, माडरलगायत १८ स्वास्थ्य संस्थामा बहिरंग उपचार केन्द्र ९ओटीसी सेन्टर० सञ्चालन गरेको छ। मध्यम कुपोषणमा परेकाको उचारका लागि १८ स्वास्थ्य संस्थामा लक्षित पूरक खाना पोषण कार्यक्रम (टीएसएफपी) सेन्टर सञ्चालित छ। यी सेन्टरमा कुपोषित बालबालिका, गर्भवती र दूध चुसाउने आमाको उपचार भइरहेको छ। यो कार्यक्रम मार्च ३१ तारिखसम्म चल्नेछ। 
‘कार्यक्रमको म्याद थप्न मन्त्रालयमा पत्राचार गरेका छौं। तर, म्याद थप हुन्छ वा हुँदैन अन्योल छ’, उनले भने।

२०७४ माघ २० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: