A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionr0b69a37iv8omporam9vik6l3opfc2g4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शहरकै बालबालिका खोपबाट बञ्चित

बागलुङ सदरमुकामका बालबालिका खोपबाट वञ्चित भएका छन्। १० स्थानीय तह रहेको जिल्लाका ९ स्थानीय तहमा पूर्णखोप घोषणा तयारी भइरहँदा बागलुङ सदरमुकाममै रहेको बागलुङ नगरमै धेरै बालबालिका पूर्णखोप लाउनबाट वञ्चित देखिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले फागुन मसान्तभित्रै जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरे पनि बागलुङ नगरपालिकाकै कारण ढिलाइ हुने देखिएको छ । ‘अहिले जताततै पूर्णखोपयुक्त वडा, गाउँ, नगर र जिल्ला घोषणाको लहर चलेको छ’, स्थानीय प्रेमप्रसाद शर्माले भने, ‘दूरदराजमा खोप पुगेर घोषणा भइसक्दा सहर बजारमै धेरै बालबालिका पूर्णखोपबाट वञ्चित भएका छन्। यस्तो अवस्थामा घोषणा गरेर मात्रै उपलब्धि हुँदैन।’ यसबारे स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि एकअर्कालाई देखाएर पन्छिने गरेको शर्माको गुनासो छ । १४ वडा रहेको बागलुङ नगरपालिकाका ७ वटा वडामा मात्र सबै बालबालिकामा पूर्णखोपको सुनिश्चित गरी घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका खोप सुपरभाइजर वीरेन्द्र चौधरीका अनुसार अझै बजारका ७ वटा वडामा बालबालिका खोप लाउनबाट छुटेको र खोप सुनिश्चित गर्न जनशक्ति अभाव खड्किएको छ। यस्तो समस्या बजार क्षेत्र रहेको बागलुङ नगरपालिका वडा नम्बर १, २, ३, ४ तथा वडा नम्बर ६ लहरेपिपल, ९ तित्याङ र वडा नम्बर ११ रायडाडाँमा पाइएको छ।

‘साविकका गाविसमा स्वास्थ्यचौकी भएकाले त्यसमार्फत काम धेरै सहज र छिटो भएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले भने, ‘बजार क्षेत्रमा खोप सञ्चालन गर्ने छुट्टै स्वास्थ्य संस्था छैन। धौलागिरी अञ्चल अस्पतालबाट केही काम भएको छ तर पर्याप्त नहुँदा सहरमै बालबालिका खोपबाट वञ्चित हुने अवस्था आएको हो।’ वडास्तरमा रहेका स्वास्थ्य स्वयंसेविकामार्फत अभियान अघि बढाइए पनि उनीहरूलाई धेरै काम भएकाले प्रभावकारी नभएको प्रशासक तिवारीले बताए । ‘दूरदराजका गाउँमा हामीले पूर्णखोप घोषणाको चुनौती देखेका थियौ, त्यहाँ उत्साहजनक सफलता हासिल गरेका छौ’, वरिष्ठ जनस्वास्थ्य प्रशासक तिवारीले भने, ‘सहरमा समस्या देखिएपछि हामीले नगरपालिकालाई तत्काल समन्वय गरी अभियान प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका छौं।’ कार्यालयको तर्फबाट पनि नगर स्वास्थ्य केन्द्र सञ्चालन, प्राविधिक शिक्षालयका विद्यार्थीलाई अभियानमा परिचालन गरेर खोपबाट वञ्चित बालबालिकालाई निर्धारित समयभित्रै खोपको पहुँचमा ल्याउन प्रयास भइरहेको उनले बताए । ८५ वडा रहेको बागलुङ जिल्लामा हालसम्म ४८ वटा वडा पूर्णखोप सुनिश्चित घोषणा भइसकेका छन् भने ३७ वडा पूर्णखोपयुक्त वडा घोषणा हुन बाँकी छन्। जिल्लाको पश्चिममा रहेको ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिका पूर्णखोपयुक्त घोषणा भइसकेका छन्। जैमिनी नगरपालिकाका ७ र गलकोट नगरपालिकामा ३ वडा पूर्णखोपयुक्त घोषणा गर्न बाँकी छन्। काठेखोला गाउँपालिकामा ६, बडिगाड गाउँपालिकामा ३, ताराखोलामा ३, निसीखोलामा ६, तमानखोलामा २ वडा घोषणा गर्न बाँकी छ। यी वडाका सबै स्थानमा पूर्णखोप घोषणाको अन्तिम तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

२०७४ माघ २१ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: