A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioncienqppfis5g0obu1hvf7r0on5kh4dll): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिकामाथिको दुर्व्यवहार बढ्दै

गत असार १६ मा मध्यपुर थिमि मनहरास्थित ७ वर्षीया बालिका बलात्कृत भइन् जसलाई मरणासन्न अवस्थामा पुगेपछि छाडिएको थियो । अभिभावकसँग राम्रो हिमचिम भएकै व्यक्तिले बालिकालाई बलात्कार गरेका थिए । यस अभियोगमा सिखरपागु–५ काभ्रेका २२ वर्षीय सुमन लामालाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । सूर्यविनायक–५ कटुन्जेस्थित १३ वर्षीया बालिकालाई गत कात्तिक ८ गते देउसीभैलो खेल्न जाऊ भन्दै निर्माणाधीन घरमा लगेर बलात्कार गरे । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ती बालिकालाई बलात्कार गर्ने सोही स्थानका २४ वर्षीय राज चौधरी अझै फरार छन् । यी दुवै बालिका परिवारको हिमचिम र विश्वास गरेकै व्यक्तिबाट यौन दुव्र्यवहारमा परेका हुन् । उनीहरूजस्तै यौन दुव्र्यवहारको सिकार भएकी बालिकाको उजुरी दिन प्रतिदिन बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा परेको उजुरीको ३ वर्षयताको तथ्यांक हेर्दा यौन दुव्र्यवहारमा बालिका बढी पीडित भएको पाइएको छ । आफन्त वा चिनेजानेकै व्यक्तिसँग बालिकाहरू असुरक्षित हुने गरेको तथ्यांकमा उल्लेख छ । विभिन्न प्रविधिको विकाससँगै विकृति भित्रिएका कारण बालिकाहरू बढीपीडित भएको महानगरीय प्रहरी परिसर मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक मदन केसीले बताए । बालिकालाई आफूमाथि भएको व्यवहार दुव्र्यवहार हो र होइन भन्ने जानकारी नहुँदा पनि उनीहरू यौन दुव्र्यवहारको सिकार भएको उनी बताउँछन् ।

पछिल्लो समय प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोग, अश्लील भिडियोका कारण पनि यौन दुव्र्यवहारको घटना बढ्दै आएको प्रहरीले जनाएको छ । कतिपय यौन दुव्र्यवहारका उजुरी बढ्नुमा सहमतिमै सम्बन्ध (यौन गतिविधि) गर्ने र समाजरआफन्तलेथाहा पाएपछि बलात्कारको उजुरी गर्ने गरेको प्रहरी निरीक्षक केसीले बताए । चालु आवको ६ महिनायता प्रहरीमा दर्ता भएका ८ उजुरीमध्ये ६ घटना बालिका यौन दुव्र्यवहार तथा बालयौन दुराचारका छन् । जसमध्ये जबरजस्ती करणीमा ६ बालिका र दुई महिलाको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । गत आव ०७३/७४ माजबरजस्ती करणीसम्बन्धी उजुरी परेका १६ मध्ये ९ बालिका, ७ महिला छन् । एउटै घटनामा २ बालिका यौन दुव्र्यवहारमा परेको समेत तथ्यांकमा उल्लेख छ । यौन दुव्र्यवहारको घटनाक्रम हेर्दा ४ देखि १३ वर्ष उमेर समूहका बालिका बढीपीडित भएको प्रहरीको भनाइ छ । महिला हिंसालाई सामान्यत मानव अधिकारविरुद्धको अपराधका रूपमा समाजले हेर्न नसकेका कारण पनि बालिकाहरू यौन दुव्र्यवहारमा पर्ने गरेको महिला बालबालिका अधिकृत नीला घिमिरे बताउँछिन् । ‘समाज, परिवारका सदस्यहरूमा नैतिक आचरण, सदाचारमा ह्रास आएको छ,’ उनले भनिन्, ‘गम्भीर अपराधमासंलग्न व्यक्ति राजनीतिक आडमा कानुनी दायरामा आउन नसकेकै कारण समाजमा अपराध मौलाएको हो ।’ महिला, बालबालिकामाथि हुने हिंसामा परिवारका सदस्यहरूले ढाकछोप गर्ने गरेको समेतउनले बताइन् ।

 २०७४ माघ १८ गते ०८:४४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: