A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8c5r7fbqu9mt7liks16kkqaolnalnri0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिसो भुँइमै कठ्याङ्ग्रिएर पढ्न बाध्य छन् धनुषाका विद्यार्थी

मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याङ्ग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन्। कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन्। जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत विद्यार्थीहरू चिसोका कारण विद्यार्थीहरू विद्यालय नै आउन छाडेका हुन्। यस विद्यालयको कक्षा १, २ र ३ मा डेस्क र बेञ्च नहुँदा बालबािलकाहरू चिसोमा भुँइमै बसेर पढन बाध्य भएको विद्यालयका प्रचार्य रामअवतार यादव बताउँछन्। उनले भने, ‘स्कुलमा डेस्क बेञ्च छैन। डेस्ट बेञ्च नभए कार्पेटसम्मको व्यवस्था पनि छैन ।

जिल्ला शिक्षा कार्यालयमा दजर्नौ पटक धाइसके कोही सुन्दैनन्।’ औरही गाउँपालिका कपटौलमा रहेको बहुमुिख राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ। यस विद्यालयका विद्यार्थीहरू चिसो मौसमा घाम लागेको बेलामा खुल्ला चौरमा र गर्मीको मौसममा रुखको मुनि छाहरीमा पढ्न बाध्य भएको विद्यालयका शिक्षक इल्याकत मन्सुरी राइन बताउँछन्। यस्तै, धनुषाकै औरही गाउँपालिकास्थित पौडेश्वरमा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालयको भवन जीर्ण अवस्थामा पुगेपछि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू वडा कार्यालयको भवनमा बसेर पढ् बाध्य भएका छन्। विद्यालयका प्राध्यानाध्यापकले आफू आएको दुई वर्ष भइसकेको बताउँदै उनले भने,‘यहाँबाट जिल्ला शिक्षा कार्यालयमा पटक–पटक विद्यालय निरीक्षण र भवनको लागि लिखित रूपमै माग गरिसकेको छु। तर जवाफ एक पटक पनि पाइन। उल्टो विद्यालयको आन्तरिक स्रोतबाट भवन निर्माण तथा मरम्त सम्भारका लागि सुझाए पनि सहयोग एक सुक्कै पाएको छैन्। आन्तरिक स्रोतबाट गर्न भन्छ। तर यहाँ विद्यालयको नाममा एक कौडी केही पनि छैन। कसरी काम गर्नेरु’ अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी घाम लागेको बेला चौरमा र शीतलहरका बेला कक्षा कोठामा बोरा विछ्याएर पढनुपर्ने बाध्यता रहेको छ। सरकारी बेवास्ताका कारण सामुदायिक विद्यालयहरूको गुणस्तर र भौतिक संरचना खस्किदै गएको समयमा स्थानीय तहले पनि विद्यालय सुधारका कार्यक्रमहरू ल्याउन सकेका छैनन्। यता जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरसभा सम्पन्न हुने वित्तिकै स्वास्थ्य चौकी, विद्यालयसहितका सरकारी अड्डाहरूको निरीक्षण अनुगमन गर्दै समस्या सामाधानतर्फ लाग्ने प्रतिक्रिया दिए। यस्तै, औरही गाउँपालिकाका अध्यक्ष ब्रहम्देव यादवले गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालको विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियामा अगाडी बढेको जानकारी दिए। प्रदेश–८ जिल्लाका १५ प्रतिशत बालबालिकाहरू डेस्क बेन्चको अभावमा यसरी नै भुँइमा बसेर पढ्ने गरेको बताइएको छ।

२०७४ माघ १९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: