A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionn9v3ltm5po967jug74g44h3kpard99th): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हिउँदमा मात्रै विद्यालय पुग्छन् विद्यार्थी

रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् । सिम्लेका बालबालिका हिउँदमा मात्रै विद्यालय जान पाउँछन् । तीनतिरबाट खोलाले घेरेको बस्तीका बालबालिका बर्खामा खोलासम्म पुगेर तर्न नसकी फर्कन्छन् । चुलाचुली ४ इलाम र कमल ५ सिम्लेका बालबालिका विगत लामो समयदेखि यस्तै समस्यामा छन्। भूगोलले झापा भए पनि सिम्लेका बालबालिका माध्यमिक तहसम्म चुलाचुलीको आइतबारेमा पढ्छन् । झापातर्फ कक्षा ५ सम्म पढाइ हुने प्राथमिक विद्यालयमात्र छ । झापातर्फका बालबालिका कक्षा ५ पछि पढ्न आइतबारे पुग्छन् । उनीहरु १० कक्षा पढेपछि फेरि झापाको दमकमै झर्नुपर्छ । त्यसका लागि बर्खामा तगारो बनेको रतुवा खोला । दमकको हिमालय माविमा ११ कक्षामा अध्ययनरत सुनिल वाग्ले हिउँदमा मात्रै विद्यालय जाने गरेको बताउँछन्।

खोलामा पानी घटेका बेलामात्रै विद्यालय जान पाइन्छ’, उनले भने, ‘बर्खामा त प्रायः सधैं खोला उर्लेर आउँछन् ।’ माध्यमिक तह अध्ययनका लागि कमल गाउँपालिकातर्फका विद्यालय जान दुईवटा खोला तर्नुपर्छ । तर दमक आए एउटा खोला तर्दा पुग्छ । ५ कक्षा सकेपछि धेरैजसो विद्यार्थी दमकतर्फ पढ्न आउँछन्। छात्र अनिल जोगीले बर्खायाममा विद्यालय जान नसकिने बताए । ‘विद्यालयमात्रै हैन, गाउँमा साह्रो बिरामी परियो भने पनि अस्पतालसम्म पुग्न नसक्ने अवस्था छ’, उनले भने । आर्थिक अवस्था राम्रो भएकाहरु दमकमै बसेर पढ्ने गरेका छन् । तर कमजोर आर्थिक अवस्थाका विद्यार्थी ज्यानै जोखिममा पारेर दमक पढ्न जान्छन्। छात्र समिन लिम्बूले आर्थिक अवस्था कमजोर भएकाहरु गाउँबाटै दमकतर्फ धाउने गरेको बताए । नेपाली माध्यमबाट पढेका विद्यार्थीलाई दमकका विद्यालयमा भर्ना पाउनै कठिन छ। सिम्लेस्थित सहिद रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चम्लागाईंले नेपाली माध्यमबाट पढेका विद्यार्थीलाई दमकका माविमा भर्ना हुन समस्या रहेको  बताए । त्यसैले उक्त विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी गरेको छ । ‘नेपाली माध्यमबाट पढाइरहेका शिक्षकलाई तत्काल अंग्रेजी माध्यमबाट पढाउन सहज छैन’, उनले भने, ‘नयाँ शिक्षक ल्याउन विद्यालयसँग सामथ्र्य छैन ।’ अंग्रेजी माध्यमबाट पढ्न अतिरिक्त पुस्तक खरिद गर्न अभिभावकले अस्वीकार गरेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरुङहाङ लावतीले अभिभावकहरुमा चेचना अभावका कारण विद्यालय र पढाइबारे चासो नदिने गरेको बताए ।

भूगोल पनि पराई
झापाका मात्रै होइन, इलामका बासिन्दालाई पनि चुलाचुली गाउँपालिकासम्म जान सहज छैन । उनीहरु पनि दमक हुँदै गाउँपालिका जानुपर्ने बाध्यता छ । झापाका बासिन्दालाई समेत कमलसम्म पुग्न दमक हुँदै आउनुपर्छ। चुलाचुलीबासी गाउँपालिका पुग्नसमेत दमक हुँदै पुग्नुपर्छ । ‘कुनै कामले गाउँपालिका जानुपर्दा दिनै माया मार्नुपर्छ’, चुलाचुली ४ की गंगा घतानीले भनिन्, ‘सबैका घरमा मोटरसाइकल छैनन्, हिँड्दै जानुपर्छ।गाउँपालिका पुग्न करिब २५ किलोमिटर दुरी पार गर्नुपर्छ । ‘गाउँपालिका जान झापाको दमक चोक देखि केर्खासम्म मात्र सवारीसाधन पाइन्छ । जाँदाआउँदा करिब ४० किलोमिटर दुरी पैदल हिँड्नुपर्छ ।

२०७४ माघ २१ गते ९:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: